‘ज्वाइँ साब’को ट्रेलर सार्वजनिक

काठमाडौं । असोज २४ गते फूलपातिदेखि प्रदर्शनमा आउने फिल्म ‘ज्वाइँ साब’को ट्रेलर सार्वजनिक भएको छ । जितु नेपाल र नीति शाह अभिनीत फिल्मको ट्रेलर रिलिजको एक साताअघि सार्वजनिक भएको हो । ट्रेलर रमाइलो र हास्यप्रधान छ । बसन्त निरौला निर्देशित यो फिल्ममा जितु र नीतिका साथमा हिमेश पन्त, बुद्धि तामाङ, प्रकाश घिमिरे, रमेश बुढाथोकी, शिशिर वाङ्देल, […]

Oct 3, 2024 - 12:41
 0
‘ज्वाइँ साब’को ट्रेलर सार्वजनिक

काठमाडौं । असोज २४ गते फूलपातिदेखि प्रदर्शनमा आउने फिल्म ‘ज्वाइँ साब’को ट्रेलर सार्वजनिक भएको छ ।

जितु नेपाल र नीति शाह अभिनीत फिल्मको ट्रेलर रिलिजको एक साताअघि सार्वजनिक भएको हो । ट्रेलर रमाइलो र हास्यप्रधान छ ।

बसन्त निरौला निर्देशित यो फिल्ममा जितु र नीतिका साथमा हिमेश पन्त, बुद्धि तामाङ, प्रकाश घिमिरे, रमेश बुढाथोकी, शिशिर वाङ्देल, दीपक आचार्य ‘काकु’, निमा पाण्डे, कविता आले, शिवु पाण्डे लगायत कलाकारहरूको पनि अभिनय छ ।

राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको फिल्मको निर्माता समिर पण्डित, सौगात पण्डित र पदमलाल तामाङ हुन् । फिल्मको कार्यकारी निर्मातामा विजय बस्याल छन् । सबिन अधिकारीको कथा, शंकर धितालको लेखन रहेको फिल्मलाई श्याम तामाङले छायांकन गरेका हुन् ।

ज्वाइँ साब र देववानीको प्रदर्शन रोक्न माग गर्दै निर्माता संघमा उजुरी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register