भारतीय गोर्खा राइफल्सका ‘कर्णेल अफ दी रेजिमेन्ट’ छ दिने भ्रमण सकेर फर्किए

काठमाडौं  ।  भारतीय सेनाका मेजर जनरल तथा ३ गोर्खा राइफल्सका ‘कर्णेल अफ दी रेजिमेन्ट’ चरणजीत सिंह देवगन ६ दिने नेपाल भ्रमण सकेर स्वादेश फर्किएका छन् । गत १४ असोजमा काठमाडौ आएका मेजर जनरल देवगनले १९ असोजमा भ्रमण सम्पन्न गरेको भारतीय दूतावासले शनिबार विज्ञप्तिमार्फत जानकारी दिएको छ । मेजर जनरल देवगनलाई स्वागत गर्न नेपालका लागि भारतीय […]

Oct 5, 2024 - 16:33
 0
भारतीय गोर्खा राइफल्सका ‘कर्णेल अफ दी रेजिमेन्ट’ छ दिने भ्रमण सकेर फर्किए

काठमाडौं  ।  भारतीय सेनाका मेजर जनरल तथा ३ गोर्खा राइफल्सका ‘कर्णेल अफ दी रेजिमेन्ट’ चरणजीत सिंह देवगन ६ दिने नेपाल भ्रमण सकेर स्वादेश फर्किएका छन् । गत १४ असोजमा काठमाडौ आएका मेजर जनरल देवगनले १९ असोजमा भ्रमण सम्पन्न गरेको भारतीय दूतावासले शनिबार विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

मेजर जनरल देवगनलाई स्वागत गर्न नेपालका लागि भारतीय रक्षा सहचरी कर्णेल वी सुब्रमण्यम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । उनले नेपाल भ्रमणको क्रममा विभिन्न उच्चस्तरीय भेटवार्ता गर्नुका साथै पोखरा भ्रमण गरे ।

पोखरामा वीरता पुरस्कार विजेता र वीर नारीलाई सम्मान गरे । नेपाल भ्रमणका क्रममा उनले रक्षा प्रभागका विभिन्न शाखा र भूतपूर्व सैनिक अंशदायी स्वास्थ्य योजना (ईसीएचएस) पोलिक्लिनिकको भ्रमण गरे । उनले भूतपूर्व सैनिकको सेवामा ईसीएचएस नेपालको पहुँचलाई अझ अगाडी बढाउने कुरामा जोड दिए ।

भ्रमणका क्रममा जनरलले नेपाली सेनाका प्रधानसेनापति अशोक राज सिग्देलसँग नेपाली सेनाको मुख्यालयमा शिष्टाचार भेटवार्ता गरे । नेपालसँग भारतको द्विपक्षीय सैन्य सम्बन्धलाई अझ अघि बढाउने र दुई देशका सेनाबीचको सम्बन्धलाई सुदृढ पार्ने विषयमा प्रधानसेनापतिसँग संवाद भएको दूतावासले विज्ञप्तिमा  जनाएको छ ।

दूतावासका अनुसार मेजर जनरल देवगनको भ्रमण सफल र फलदायी रहेको  छ । उनले दुवै देशको द्विपक्षीय सम्बन्धलाई अघि बढाउन खेलेको कुशल व्यवसायिक भूमिका र नेपालमा भूतपूर्व सैनिकहरुको कल्याणका लागि लिइएका प्रयासका लागि भारतीय राजदूतावासस्थित रक्षा प्रभागका कर्मचारीहरुको प्रशंसा गरेको विज्ञप्तिमा उल्लेख छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register