दुई छोरीको हत्या अभियोगमा पक्राउ परेकी महिला पुर्पक्षका लागि थुनामा

काठमाडौं । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा विष खुवाएर नाबालिका २ छोरीको हत्या गरेको अभियोगमा पक्राउ परेकी २१ वर्षीया अस्मिता पौडेल (कार्की)लाई पुर्पक्षका लागी थुनामा पठाइएको छ । जिल्ला अदालत मोरङका न्यायाधीश पारसमणि पोखरेलको एकल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । श्रीमान अर्जुन कार्कीसँग विवाद भएपछि १४ भदौमा […]

Oct 3, 2024 - 16:21
 0
दुई छोरीको हत्या अभियोगमा पक्राउ परेकी महिला पुर्पक्षका लागि थुनामा

काठमाडौं । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा विष खुवाएर नाबालिका २ छोरीको हत्या गरेको अभियोगमा पक्राउ परेकी २१ वर्षीया अस्मिता पौडेल (कार्की)लाई पुर्पक्षका लागी थुनामा पठाइएको छ ।

जिल्ला अदालत मोरङका न्यायाधीश पारसमणि पोखरेलको एकल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

श्रीमान अर्जुन कार्कीसँग विवाद भएपछि १४ भदौमा १ वर्षीया  र ३ वर्षीया छोरीलाई लिएर घरबाट हिडेकी उनले भोलिपल्ट  केरा बगानमा  विष खुवाएर उनीहरुको हत्या गरेको अनुसन्धानमा खुलेको थियो  ।

उनी १९ भदौमा  झापाको बिर्तामोडबाट पक्राउ परेकी थिईन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register