अमेरिकामा ‘हेलेन’ आँधीका कारण मृत्यु हुनेको संख्या दुई सय नाघ्यो

काठमाडौँ ।  अमेरिकाको दक्षिण–पश्चिम क्षेत्रमा ‘हेलेन’ नामको आँधीले ठूलो क्षति पुर्याएको छ । यस आँधीका कारण मृत्यु हुनेको संख्या २ सय नाघेको छ । अमेरिकी उद्धारकर्मीहरूले आँधीबाट बाँचेकाहरूको खोजी गरिरहेका छन् । हेलेनको कारण आधाभन्दा बढीको मृत्यु नर्थ क्यारोलिनामा भएको छ । २००५ मा क्याट्रिना तुफान पछि हेलेन यहाँ सबैभन्दा घातक आँधी साबित भएको छ […]

Oct 4, 2024 - 07:47
 0
अमेरिकामा ‘हेलेन’ आँधीका कारण मृत्यु हुनेको संख्या दुई सय नाघ्यो

काठमाडौँ ।

 अमेरिकाको दक्षिण–पश्चिम क्षेत्रमा ‘हेलेन’ नामको आँधीले ठूलो क्षति पुर्याएको छ । यस आँधीका कारण मृत्यु हुनेको संख्या २ सय नाघेको छ । अमेरिकी उद्धारकर्मीहरूले आँधीबाट बाँचेकाहरूको खोजी गरिरहेका छन् ।

हेलेनको कारण आधाभन्दा बढीको मृत्यु नर्थ क्यारोलिनामा भएको छ । २००५ मा क्याट्रिना तुफान पछि हेलेन यहाँ सबैभन्दा घातक आँधी साबित भएको छ । सन् २००५ मा यहाँ आएको आँधीका कारण १८ सयभन्दा बढीको मृत्यु भएको थियो ।

हेलेन आँधीले ल्यान्डफल गरेको झण्डै एक सातापछि पनि सयौं मानिस अझै पनि यस क्षेत्रमा बेपत्ता छन् र करिब ८ लाख घरहरू अझै पनि बिजुलीविहीन छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार आँधीबाट प्रभावित क्षेत्रको हवाई भ्रमण गरेका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register