नारायणघाट-काठमाडौं सडकमा ठूला सवारी सञ्चालनमा रोक

काठमाडौं । चितवनको नारायणघाटदेखि काठमाडौंसम्मका सडकमा घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलरलगायतका ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । दशैंका बेला काठमाडौं उपत्यका भित्रने र बाहिरिने यात्रुलाई सहज र सुरक्षित यात्राका लागि यस्तो निर्णय गरिएको यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले जानकारी दिए । तर, खाद्यान्न लगायतका अत्यावश्यक सामान बोकेका ढुवानी सवारी साधन भने चल्न पाउनेछन् । […]

Oct 4, 2024 - 07:45
 0
नारायणघाट-काठमाडौं सडकमा ठूला सवारी सञ्चालनमा रोक

काठमाडौं । चितवनको नारायणघाटदेखि काठमाडौंसम्मका सडकमा घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलरलगायतका ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

दशैंका बेला काठमाडौं उपत्यका भित्रने र बाहिरिने यात्रुलाई सहज र सुरक्षित यात्राका लागि यस्तो निर्णय गरिएको यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले जानकारी दिए ।

तर, खाद्यान्न लगायतका अत्यावश्यक सामान बोकेका ढुवानी सवारी साधन भने चल्न पाउनेछन् ।

आयातित मालवाहक सवारीको हकमा भन्सार, प्रज्ञापनपत्र र निर्यातित मालवाहक सवारीको हकमा नियम राजस्व बुझाएको रसिद हेरेर भन्सार कार्यालय खुलेको अवस्थामा नरोक्ने निर्णय भएको पनेरूले बताए ।

अहिले चितवनको नारायणघाट र सौराहा क्षेत्रमा ट्रेलरसहितका ठूला सवारी साधन रोकिएको छ ।



What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register