एयरपड्सको सहयोगले यसरी फेला पर्यो चोरी भएको ८ करोड मूल्यको कार
काठमाडौं । एप्पलको एयरपड्सको सहयोगमा चोरी भएको फेरारी कार फेला परेको छ । यो रोचक घटना अमेरिकास्थित कनेक्टिकटको वाटरबरी सहरको हो, जहाँ १६ सेप्टेम्बरमा पाँच लाख ७५ हजार डलर (करिब सात करोड ७३ लाख रुपैयाँ) मूल्यको लक्जरी कार चोरी भएको थियो । कारधनीले गल्तीले आफ्नो एयरपड्स कारभित्रै छोडेका थिए, जसले घटनाको मोड फेरिदियो । वाटरबरी अटो थिफ्ट टास्क फोर्स (एटीटीएफ) का प्रहरीले त्यही एयरपड्सको लोकेसन ट्र्याक गरेर कार खोजे र सफलता पाए । प्रहरीले साउथ मेन स्ट्रिटको एउटा पेट्रोल पम्पमा उक्त गाडी फेला पारेका थिए ।&nb...
What's Your Reaction?