स्कुल बसकाे ठक्करबाट बालककाे मृत्यु

नवलपरासी।  पूर्वी नवलपरासीमा स्कूलबसकाे ठक्करबाट १ बालककाे मृत्यु भएको छ । मृत्यु हुनेमा कावासाेती नगरपालिका १ निवासी यम पाैडेलका छाेरा २२ महिनाका सम्राट पाैडेल रहेकाे जिप्रका नवलपरासी पूर्वका सूचना अधिकारी प्रनाउ बेद बहादुर पौडेलले बताए । स्थानीय छहारी चाेक स्थित भित्री सडकमा ना १ क ५८१७ नम्वर गण्डकी बाेर्डिङकाे बसले ठक्कर दिई गम्भीर घाइते भएपछि […]

Oct 4, 2024 - 08:51
 0
स्कुल बसकाे ठक्करबाट बालककाे मृत्यु

नवलपरासी। 

पूर्वी नवलपरासीमा स्कूलबसकाे ठक्करबाट १ बालककाे मृत्यु भएको छ । मृत्यु हुनेमा कावासाेती नगरपालिका १ निवासी यम पाैडेलका छाेरा २२ महिनाका सम्राट पाैडेल रहेकाे जिप्रका नवलपरासी पूर्वका सूचना अधिकारी प्रनाउ बेद बहादुर पौडेलले बताए ।

स्थानीय छहारी चाेक स्थित भित्री सडकमा ना १ क ५८१७ नम्वर गण्डकी बाेर्डिङकाे बसले ठक्कर दिई गम्भीर घाइते भएपछि स्थानीय नवलपुर अस्पतालमा उपचारका क्रममा उनको  मृत्यु भएको थियाे ।

प्रहरीले बससहित चालक शिव च्वाईलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register