जनताको प्रश्न- सरकारमा किन जानुभयो, रविको जवाफ- सिंहदरबार कसरी चल्छ भन्ने जान्नु थियो
काठमाडौं । पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ठूला तथा पुराना दलहरूको पछि-पछि लागेर आफूहरू सरकारमा नगएको जिकिर गरेका छन् । शुक्रबार उनको आफ्नो क्षेत्र चितवन २, मुग्लिनमा आयोजित सार्वजनिक सुनुवाइका क्रममा मतदाताहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । “हामीलाई सिंहदरबार कसरी चल्छ, जान्नु थियो […]
काठमाडौं । पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ठूला तथा पुराना दलहरूको पछि-पछि लागेर आफूहरू सरकारमा नगएको जिकिर गरेका छन् ।
शुक्रबार उनको आफ्नो क्षेत्र चितवन २, मुग्लिनमा आयोजित सार्वजनिक सुनुवाइका क्रममा मतदाताहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।
“हामीलाई सिंहदरबार कसरी चल्छ, जान्नु थियो । सरकारमा गयौँ, जान्यौँ पनि । कुनै दल सरकारमा पुग्दा त्यसका संयन्त्रहरूबारे जानकार हुनुपर्छ । अर्कोपटक अवस्था परिवर्तन हुन्छ । सरकारमा जानु हाम्रो रणनीति थियो, पुराना दलहरूको पछि-पछि लागेर सरकारमा गएका होइनौँ,” उनले भने ।
लामिछानेलाई सुनुवाइमा सहभागीहरूले ‘सरकारमा किन जानुभयो, तपाईं र पुराना दलबीच के फरक भयो र ?’ भनेर प्रश्न गरेका थिए ।
उनले थपे, “सरकारमा जानु हाम्रो रणनीति थियो । यो भोलिका लागि काम लाग्नेछ । सरकारमा गएर हामीले मिनेट-मिनेटको सदुपयोग गरेका छौँ । सरकारमा गएर गल्ती गरेको भन्ने तपाईंहरूको भावनाको सम्मान गर्छु तर, त्यहाँ गएर एउटा काम बिगारेका छैनौँ ।”
What's Your Reaction?