जामुनखाडी सामुदायिक वनलाई अन्तर्राष्ट्रियस्तरको सस्टिनेबल टुरिजम डेस्टिनेशन अवार्ड

झापा, १८ असोज । झापाको कनकाई नगरपालिका २ र १ स्थित जामुनबारी सामुदायिक बन उपभोक्ता समुह अन्तरगतको जामुनखाडी सिमसार एवम् पर्यटकीय क्षेत्रले भारतबाट अवार्ड प्राप्त गरेको छ । झापाको कनकाई–२ र १ मा फैलिएको बन समुहले यसअघि पनि बिभिन्न सम्मान र पुरस्कार प्राप्त गरिसकेको छ । समितिले भारतको पश्चिम बंगाल सरकार अन्तरगतको हिमालयन हस्पिटालिटी एण्ड [...] The post जामुनखाडी सामुदायिक वनलाई अन्तर्राष्ट्रियस्तरको सस्टिनेबल टुरिजम डेस्टिनेशन अवार्ड appeared first on Jhapa Online.

Oct 4, 2024 - 16:06
 0
जामुनखाडी सामुदायिक वनलाई अन्तर्राष्ट्रियस्तरको सस्टिनेबल टुरिजम डेस्टिनेशन अवार्ड

झापा, १८ असोज । झापाको कनकाई नगरपालिका २ र १ स्थित जामुनबारी सामुदायिक बन उपभोक्ता समुह अन्तरगतको जामुनखाडी सिमसार एवम् पर्यटकीय क्षेत्रले भारतबाट अवार्ड प्राप्त गरेको छ । झापाको कनकाई–२ र १ मा फैलिएको बन समुहले यसअघि पनि बिभिन्न सम्मान र पुरस्कार प्राप्त गरिसकेको छ ।

समितिले भारतको पश्चिम बंगाल सरकार अन्तरगतको हिमालयन हस्पिटालिटी एण्ड टुरिजम डेभलोपमेन्ट नेटवर्कले सर्टिफिकेट एचिभमेन्ट प्रदान गरेको जानकारी दिएको हो ।

सस्टिनेबल टुरिजम डेस्टिनेशन अफ द इयर शिर्षकमा अवार्ड हासिल गर्न सफले भएको मितिका अध्यक्ष पर्शुराम गिरीले जानकारी दिनुभयो । उक्त अवार्ड प्राप्तसँगै दुवै देशको पर्यटकीय क्षेत्रका लागि थप सहकार्य गर्न सहज हुने विश्वास गरिएको अध्यक्ष गिरीले स्पष्ट पार्नुभयो।
जामुनखाडी सामुदायिक वनमा तीन वर्षअघि स्थापना गरिएको कोशी प्रदेशकै पहिलो प्राणी उद्धार केन्द्रमा रहेका वन्यजन्तुलाई दैनिक आहाराको जोहो गर्न आर्थिक समस्या हुन थालेको अध्यक्ष गिरिले सुनाउनु भयो।

कोशी प्रदेश सरकार र सामुदायिक वनको करिब रु दुई करोड लगानीमा बनेको उक्त आधुनिक उपचार केन्द्रमा दुई दर्जनभन्दा बढी विभिन्न प्रजातिका पशुपक्षीलाई व्यवस्थित गरेर राखिएको छ । सामुदायिक बनले आम्दानी घटेको उल्लेख गर्दै वन्यजन्तु पाल्न धौ धौ परेको जनाएको छ ।
सामुदायिक वनको ६ सय ४३ हेक्टर जमिनमध्ये १० बिगाहमा बनेको उक्त केन्द्रमा रहेका वन्यजन्तु र कर्मचारीलाई मासिक सात लाख खर्च हुँदै आएको वन उपभोक्ता समितिका अध्यक्ष गिरीले बताउनुभयो ।

केही बर्षअघिसम्म उक्त बन समुहको अवस्था राम्रो भएको र अन्यलाई सहयोग गर्न समक्ष भएको बताउँदै अध्यक्ष गिरिले बन समुहको अवस्था राम्रो हुँदा सहयोग गर्नेको सुचिमा पहिलो रहेको भएपनि कोभिड महामारीसँगै अवस्था खस्किदै गएको र अहिले कसैले सहयोग नगरेको गुनासो समेत पोख्नुभयो ।

उक्त पर्यटकीय क्षेत्रमा धसे चितुवा, चितुवा, भालु, अजिङ्गर, मयुर, बदेल, बाँदर, खरायो, ढेडु, बिभिन्न चराचुरुङ्गी रहेको र हाल ती बन्यजन्तुको आहारा धान्न पनि समस्या हुने गरेको उनले बताए । सो क्षेत्रमा ११ बिगाहावढी जमिनमा मृगस्थली रहेको समेत जानकारी गराउनुभएको थियोे ।

समुहको समितिले चरिचरान बन्द, जामुन खाडी सौन्दरिय, चिडियाखानाको पहल, परम्परागत साँस्कृतिक वस्तु संकलन केन्द्र, कोशेली घर सञ्चालन, सिंचाईलाई ब्यवस्थापनलगायतका ९ बुँदे प्रस्तावसमेत अघि सारेको अध्यक्ष गिरीको भनाई छ । अघि सारिएका ९ बुँदे प्रस्ताव लागू गर्नसके सो क्षेत्र करिव करिब पहिलेकै अवस्थामा आउनेसमेत समितिको अपेक्षा रहेको बताइएको छ ।

विश्व पर्यटन दिवसको अवसर पारेर नेटवर्कले बिभिन्न २४ वटा शिर्षकमा अवार्ड बितरण गरेको मध्ये सस्टिनेबल टुरिजम डेस्टिनेशन अफ द इयर नामक अवार्ड जामुनखाडी सिमसार पर्यटकीय क्षेत्रले प्राप्त गर्न सफल भएको समुहका सचिव दीपक ओलीले बताउनुभयो

विसं २०७९ मा नेपाल सरकारले सात प्रदेशमा प्राणी उद्धार केन्द्र बनाउने नीति ल्याएको थियो । सोहीअनुसार नै जामुनखाडीमा उद्धार केन्द्र बनेको हो । जामुनखाडी सामुदायिक वनले विसं २०६५ देखि नै वन्यजन्तु संरक्षण गरेर चिडियाखाना सञ्चालन गर्दै आएको थियो । चिडियाखानामा रहेका र विभिन्न स्थानबाट उद्धार गरेर ल्याइएका वन्यजन्तुलाई हाल प्राणी उद्धार केन्द्रमा बलियो घेराबेराभित्र खुल्ला रुपमा राखिएको छ । बाघ, चितुवा, भालु र मृगका विभिन्न प्रजाति राखिएका छन् । चित्तल, रतुवालगायत मृग, ध्वाँसे चितुवा, अजिङ्गर, हिमाली गिद्ध, कछुवा, बाँदरलगायत दुई दर्जनभन्दा बढी प्रजातिका वन्यजन्तु पालिएका छन् ।

बाघ, भालु, अजिङ्गरलगायत मांसाहारी वन्यजन्तुका लागि नियमित रुपमा मासुजन्य आहारको व्यवस्था वन समितिले गर्दै आएको छ । आहारबाहेक उपचार र रेखदेखमा समेत ठूलो खर्च हुने गरेको छ ।

यसरी उद्धार गरेर ल्याइएका वन्यजन्तुको आफ्नै लगानीमा पशु चिकित्सक ल्याएर उपचार गर्ने गरेको उहाँले बताउनुभयो । चिडियाखाना र सिमसार क्षेत्रको घुमघामका लागि आउने आन्तरिक तथा बाह्य पर्यटक नै सामुदायिक बनको मुख्य आम्दानी हो । पर्यटकले वन्यजन्तु हेर्न र डुङ्गामा शयर गर्नका लागि टिकट लिएर रकम तिर्ने गर्छन् । विगतको तुलनामा पर्यटकसँगै आम्दनी घटेको अध्यक्ष गिरीले बताउनुभयो । यहाँ जनावर अवलोकन गर्न र सिमसार क्षेत्र घुम्न आउने पर्यटकसँग प्रतिव्यक्ति रु एक सय शुल्क लिने गरेको बताउनुभयो । अध्यक्ष गिरीका अनुसार हिउँदको तीन चार महिना आउने पर्यटकबाट उठाइएको शुल्क, रूख बिक्री नै वनको मुख्य आम्दानी रहेको छ । उहाँले जिल्लाका सबै सामुदायिक वनले पर्यापर्याटनको अवधारणा ल्याएसँगै यहाँ आउने पर्यटक घटेको बताउनुभएको थियोे ।

The post जामुनखाडी सामुदायिक वनलाई अन्तर्राष्ट्रियस्तरको सस्टिनेबल टुरिजम डेस्टिनेशन अवार्ड appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register