बाह्रदशीको राजेश हजामको हत्या आरोपमा तीन जना पक्राउ

झापा, २१ असोज । झापाको बाह्रदशी गाउँपालिका–५ फुलाबारीका भीम हजामको छोरा २२ वर्षीय राजेश हजामको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रदशी–७ का ३१ वर्षीय समिर राजबंशी, २० वर्षीष मुना मेचे राजवंशी र सोही स्थानका एक नाबालक रहेका छन् । राजेश करिब चार महिनादेखि बेपत्ता थिए । उनको खोजतलास तथा [...] The post बाह्रदशीको राजेश हजामको हत्या आरोपमा तीन जना पक्राउ appeared first on Jhapa Online.

Oct 7, 2024 - 10:38
 0
बाह्रदशीको राजेश हजामको हत्या आरोपमा तीन जना पक्राउ

झापा, २१ असोज । झापाको बाह्रदशी गाउँपालिका–५ फुलाबारीका भीम हजामको छोरा २२ वर्षीय राजेश हजामको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाह्रदशी–७ का ३१ वर्षीय समिर राजबंशी, २० वर्षीष मुना मेचे राजवंशी र सोही स्थानका एक नाबालक रहेका छन् । राजेश करिब चार महिनादेखि बेपत्ता थिए । उनको खोजतलास तथा अनुसन्धान भइरहेकोमा हत्या भएको हुन सक्ने शंका लागेर उनीहरुलाई नियन्त्रणमा लिइएको थियो ।

सोधपुछ तथा अनुसन्धानपछि हत्या गरेर बाह्रदशी–७ बिरिङ खोलाको पश्चिम किनारामा गाडेको खुल्न आएको थियो । आइतबार प्रहरी, पीडित पक्ष र स्थानीयहरुसहित सो स्थानमा गई खनेर हेर्दा टाउको हड्डी, खुट्टाको नलि हड्डी, शरीरको अस्थिपंजर र अन्य भाग सडीगलेको अवस्थामा फेला परेको थियो । मृतक शव आफन्तले सनाखत समेत गरेका छन् भने अस्थिपञ्जर परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

The post बाह्रदशीको राजेश हजामको हत्या आरोपमा तीन जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register