शिवसताक्षीमा बजार अनुगमन : किराना पसलबाट औषधि बिक्री !

शिवसताक्षी, १८ असोज । झापा शिवसताक्षी नगरपालिकाले बजारमा अखाद्य वस्तुहरुको विक्री गरेको भेटिन थालेपछि बजार अनुगमनलाई झन तिब्र बनाएको छ । आज शिवसताक्षीको वडा नं. ८ रत्न चौकको एक किराना पसलबाट औषधि समेत नगरपालिकाले जफत गरेको छ । स्थानीय जानुका किराना पसलबाट अरसिल ११ बोतल, मेट्राजोन, पेन्ट्रापजोल २३ पत्ता निम्स, सिट्रिजन १० पत्ता औषधिहरु किराना [...] The post शिवसताक्षीमा बजार अनुगमन : किराना पसलबाट औषधि बिक्री ! appeared first on Jhapa Online.

Oct 4, 2024 - 17:18
 0
शिवसताक्षीमा बजार अनुगमन : किराना पसलबाट औषधि बिक्री !

शिवसताक्षी, १८ असोज । झापा शिवसताक्षी नगरपालिकाले बजारमा अखाद्य वस्तुहरुको विक्री गरेको भेटिन थालेपछि बजार अनुगमनलाई झन तिब्र बनाएको छ । आज शिवसताक्षीको वडा नं. ८ रत्न चौकको एक किराना पसलबाट औषधि समेत नगरपालिकाले जफत गरेको छ ।

स्थानीय जानुका किराना पसलबाट अरसिल ११ बोतल, मेट्राजोन, पेन्ट्रापजोल २३ पत्ता निम्स, सिट्रिजन १० पत्ता औषधिहरु किराना पसलमा विक्री गर्न राखेको अवस्थामा अनुगमन टोलीले फेला पारेको हो । अनुगमन टोलीले सोही पसलबाट ४१ बोतल पेट्रोल समेत फेला परेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

पसलमा बालबालिकाले खाने कुरमुरे लगायत मिठाईहरु समेत म्याद गुुज्रिएको अवस्थामा फेला पारेको छ । फेला परेका सबै सामाग्री शिवसताक्षी नगरपालिकाकाकोे अनुमगन टोली जफत गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

त्यस्तै पाथिभरा किराना पसल, पौडेल किराना पसल, शिवसताक्षी ७ को गिरी किराना पसल, श्रेष्ठ स्टोरलगायत पसलहरु म्याद गुज्रिएको खाद्य सामाग्री फेला परेको थियो ।

अनुगमनका क्रममा अधिकांस पसलहरुमा मूल्य सूची नराखिएको, खानेकुरामा अखाद्य रंग मिसाईएको, पेय पदार्थमा खुद्रा मुल्य उल्लेख नगरिएको पाईएको छ । यस प्रकारका पसलहरुलाई भोलि देखि नै सुधार गर्न निर्देशन गरेको जनाईएको छ ।

नगरपालिकाले बजारको अवस्था हेरेर जुनसुकै बेला पनि बजार अनुगमन गर्न सक्ने नगर उपप्रमुख नरमाया कार्कीले बताइन् । उनले बजारमा उपभोक्तालाई ठगी गर्ने प्रकारका कुनैपनि कार्य गरेको भेटिए प्रमाणसहित नगरपालिकालाई खबर गर्न पनि आग्रह गरेकी छिन् ।
शिवसताक्षी नगरपालिकाको अगुवाईमा भएको अनुगमनमा शिवगञ्ज प्रहरी, नगर प्रहरी, नगरका कर्मचारी, सञ्चारकर्मी, बाणिज्य संघका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

The post शिवसताक्षीमा बजार अनुगमन : किराना पसलबाट औषधि बिक्री ! appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register