शिवसताक्षी सवारी चालक मञ्चको वृक्षारोपणसँगै नयाँ कार्यसमिति चयन

शिवसताक्षी, १७ असोज । शिवसताक्षी नगरपालिका सवारी चालक हक हित मञ्चले नयाँ कार्य समिति चयन गरेको छ । आज भएको प्रथम साधारण सभाबाट मञ्चले कमल आङ्देम्बेको संयोजकत्वमा ७ सदस्य कार्य समिति चयन गरेको हो । जसको सह संयोजकमा कर्णबहादुर राई, सचिवमा पवन राजवंशी, सह सचिवमा भुवन खतिवडा, कोषाध्यक्षमा हेमबहादुर पौडेल र सदस्यहरुमा मनोहर शाक्य र [...] The post शिवसताक्षी सवारी चालक मञ्चको वृक्षारोपणसँगै नयाँ कार्यसमिति चयन appeared first on Jhapa Online.

Oct 3, 2024 - 15:18
 0
शिवसताक्षी सवारी चालक मञ्चको वृक्षारोपणसँगै नयाँ कार्यसमिति चयन

शिवसताक्षी, १७ असोज । शिवसताक्षी नगरपालिका सवारी चालक हक हित मञ्चले नयाँ कार्य समिति चयन गरेको छ । आज भएको प्रथम साधारण सभाबाट मञ्चले कमल आङ्देम्बेको संयोजकत्वमा ७ सदस्य कार्य समिति चयन गरेको हो ।

जसको सह संयोजकमा कर्णबहादुर राई, सचिवमा पवन राजवंशी, सह सचिवमा भुवन खतिवडा, कोषाध्यक्षमा हेमबहादुर पौडेल र सदस्यहरुमा मनोहर शाक्य र हरिकृष्ण घिमिरे रहेका छन् ।

सवारी चालक मञ्चको कार्य समितिको कार्यकाल २ वर्षको रहने प्रावधान छ । साधारण सभामा मञ्चले संस्थामा अभिभावकिय भूमिका निर्वाह गरेको भन्दै सदस्य मनोहर शाक्यलाई कदर पत्र प्रदान गरिएको थियो ।

सवारी चालक मञ्चले साधारण सभाको अवसरमा आज विहान शिवसताक्षीको दूधे छेउमा रहेको सतासीधाम स्वास्थ्य केन्द्र परिसरमा विभिन्न जातका विरुवा रोपेको छ । नयाँ कार्यसमिति सदस्य हरिकृष्ण घिमिरेका अनुसार मञ्चले साधारण सभामा मात्र सिमित नरहेर साधारण सभाको अवसरमा केही काम गरौं भन्ने उद्देश्यले स्वास्थ्य केन्द्र परिसरमा सिरिस, धुपी, आरु लगायत फलफलका विरुवा रोपिएको बताए ।

वृक्षारोपण कार्यक्रममा शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोप्राले विरुवा मात्र रोप्ने नभई त्यसको संरक्षण गर्न पनि सवारी चालकहरुलाई सुझाएका थिए । उनले सवारी चालक मञ्चको साधारण सभाको अवसरमा शुभकामना समेत थिएका थिए ।

वृक्षारोपणमा कार्यक्रममा नगरउपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्हाङ्फे, समाजसेवी कमल कार्की लगायतको उपस्थिति रहेको थियो ।

The post शिवसताक्षी सवारी चालक मञ्चको वृक्षारोपणसँगै नयाँ कार्यसमिति चयन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register