हेटौंडाबाट साढे ११ करोडको सुनसहित २ जना पक्राउ

काठमाडौं । मकवानपुरबाट ८ किलोग्राम अवैध सुनसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको महाराष्ट्र राज्य सांगली जिल्ला दिंघची थाना पुजरबाडीका २५ वर्षिय अभिषेक अजिनाथ र २७ वर्षिय राहुल भिट्टिहाल बाड छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले शनिबार सार्वजनिक गरेको हो । प्रहरीले शनिबार बिहान ३ बजे उनीहरूलाई पक्राउ गरेको थियो । हेटौंडा उपमहानगरपालिका-१५ […]

Oct 5, 2024 - 06:29
 0
हेटौंडाबाट साढे ११ करोडको सुनसहित २ जना पक्राउ

काठमाडौं । मकवानपुरबाट ८ किलोग्राम अवैध सुनसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको महाराष्ट्र राज्य सांगली जिल्ला दिंघची थाना पुजरबाडीका २५ वर्षिय अभिषेक अजिनाथ र २७ वर्षिय राहुल भिट्टिहाल बाड छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले शनिबार सार्वजनिक गरेको हो । प्रहरीले शनिबार बिहान ३ बजे उनीहरूलाई पक्राउ गरेको थियो ।

हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोष्टस्थित पूर्व-पश्चिम सडकखण्डमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०४७ प ७५०३ नम्बरको स्कुटरलाई जाँच गर्दा सुन फेला परेको थियो ।

सुनको मूल्य ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ रहेको छ । प्रहरीले उनीहरु सवार बागमती प्रदेश ०२-०४७ प ७५०३ नम्बरको स्कुटरसमेत नियन्त्रणमा लिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register