निःशुल्क रगत आपूर्तिका लागि सम्झौता

 उदयपुर । नेपाल रेडक्रस सोसाइटी उदयपुर जिल्ला शाखाले शुक्रवार जिल्लाको चौदण्डीगढी नगरपालिकासँग निःशुल्क रगत उपलब्ध गराउन सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । चैदण्डीगढी नगरपालिकाभित्रका विपन्न, उपचार गर्न नसक्ने, आर्थिक अवस्था कमजोर भएका रगतको रकम समेत तिर्न नसक्ने अवस्थाका विरामीहरुकालागि आकस्मिक रुपमा रगत आवश्यक परेमा नगरभित्र बसोबास भएको आवश्यक प्रमाणका आधारर्मा  नेपाल रेडक्रस सोसाइटी उदयपुरको रक्त […]

Oct 5, 2024 - 07:12
 0
निःशुल्क रगत आपूर्तिका लागि सम्झौता

 उदयपुर ।

नेपाल रेडक्रस सोसाइटी उदयपुर जिल्ला शाखाले शुक्रवार जिल्लाको चौदण्डीगढी नगरपालिकासँग निःशुल्क रगत उपलब्ध गराउन सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

चैदण्डीगढी नगरपालिकाभित्रका विपन्न, उपचार गर्न नसक्ने, आर्थिक अवस्था कमजोर भएका रगतको रकम समेत तिर्न नसक्ने अवस्थाका विरामीहरुकालागि आकस्मिक रुपमा रगत आवश्यक परेमा नगरभित्र बसोबास भएको आवश्यक प्रमाणका आधारर्मा  नेपाल रेडक्रस सोसाइटी उदयपुरको रक्त संचार केन्द्र गाईघाट बोक्सेबाट निःशुल्क रगत उपलब्ध गराउन यो सम्झौता गरिएको हो ।

सम्झौतामा पहिलो पक्षका तर्फबाट चोदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामा उपमेयर मनिका दुलाल र दोस्रो पक्षको तर्फबाट नेपाल रेडक्रस सोसाइटी उदयपुरका सभापति मदनराज कटुवाल र उप सभापति बाला खतिवडाले हस्ताक्षर गरेका छन् ।

बिरामीलाई रेडक्रसलाई निःशुल्क रुपमा ग्रुप समूहको रगत उपलब्ध गराए बापत नगरपालिकाले रेडक्रसलाई वार्षिक  १ लाख १० हजार बुझाउनु पर्ने र दुर्लभ ग्रुपको रगत भने बिरामी आफैले  व्यवस्था गर्नु पर्ने छ भने यसका लागि आवश्यक सहयोग र सहजीकरण रेडक्रसले गरिदिने सम्झौता पत्रमा उल्लेख छ ।

रेडक्रसले बिरामीलाई आवश्यक परेको मध्ये १०० युनिट रगत उपलब्ध गराउने र समझौता अवधिमा थप रगत उपलब्ध गराउनु पर्ने  भएमा कार्यविधि अनुसार अनुगमन समितिको सिफारिस अनुसार दुवै पक्षको आपसी सहमतिमा निर्णय गरी कार्यक्रम नियमित रुपमा सञ्चालन गरिने र क्रस म्याच गरेको रगतको आवश्यक नपरेमा बिरामीले २ सय बुझाउनु पर्ने , सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register