माछापुच्छ्रे गाउँपालिकास्थित मर्दी हिमाल नजिकै पर्यटन…

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित मर्दी हिमाल नजिकै पर्यटन व्यवसायी सुदीप गौतमको शालिक अनावरण गरिएको छ । कास्कीको उत्तर पश्चिममा रहेको पर्यटकीय गन्तव्य मर्दी पदयात्रालाई विश्वमा चिनाउने पर्यटन व्यवसायी गौतमको बुधबार शालिक अनावरण गरिएको हो ।माछापु्च्छ्रे गाउँपालिका वडा नम्बर ९ सिदिङमा जन्मिएका गौतम २०७९ असोज १४ गते शुक्रवार खानेपानीको पाइप मर्मत गर्ने क्रममा भीरबाट लडेर […]

Oct 11, 2024 - 03:11
 0
माछापुच्छ्रे गाउँपालिकास्थित मर्दी हिमाल नजिकै पर्यटन…

कास्की ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित मर्दी हिमाल नजिकै पर्यटन व्यवसायी सुदीप गौतमको शालिक अनावरण गरिएको छ ।

कास्कीको उत्तर पश्चिममा रहेको पर्यटकीय गन्तव्य मर्दी पदयात्रालाई विश्वमा चिनाउने पर्यटन व्यवसायी गौतमको बुधबार शालिक अनावरण गरिएको हो ।
माछापु्च्छ्रे गाउँपालिका वडा नम्बर ९ सिदिङमा जन्मिएका गौतम २०७९ असोज १४ गते शुक्रवार खानेपानीको पाइप मर्मत गर्ने क्रममा भीरबाट लडेर ३५ वर्षको उमेरमा मृत्यु भएको थियो ।
गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल, माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मिनबहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारीलगाएतले गौतमको शालिक अनावरण गरेका हुन् ।
नेपाली कांग्रेस कास्कीका जिल्ला सदस्य समेत रहेका गौतमले हाइक्याम्पमा होटल ट्रेकर इन र सिदिङमा ट्रेकर प्याराडाइज सञ्चालन गर्दै आएका थिए ।
नेपाल पर्वतारोहण संघ गण्डकीका संस्थापक सचिव समेत रहेका गौतम नेपाल ट्रेकिङ एजेन्सिज अफ नेपाल ९टान०मा समेत आवद्ध थिए ।
सफल पर्यटन व्यवसायी गौतमले मर्दी हिमाल पदयात्राको एक्प्लोर गर्ने र यसको प्रवद्र्धनमा ठूलो भूमिका खेलेका थिए । गौतमकै योगदान स्वरुप मर्दी पदयात्राले अहिले विश्वभर चर्चा कमाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register