मेक्सिको घटना : दूतावासले भन्यो – नेपालीको मृत्यु भएको छैन, तीन जना घाइते छन्

काठमाडौं । मेक्सिकोको सेनाले आप्रवासी टोलीमाथि गोली चलाएको घटनामा नेपालीको मृत्यु नभएको अमेरिकास्थित नेपाली दूतावासले जानकारी दिएको छ । दूतावासले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । मेक्सिकोको दक्षिणी क्षेत्रतर्फ जाँदै गरेको नेपाली सम्मिलित ३३ आप्रवासी टोली सवार गाडीमा सेनाले गोली चलाउँदा ६ जनाको मृत्यु भएको थियो । उक्त गाडीमा ११ नेपाली सवार रहेको र […]

Oct 5, 2024 - 07:13
 0
मेक्सिको घटना : दूतावासले भन्यो – नेपालीको मृत्यु भएको छैन, तीन जना घाइते छन्

काठमाडौं । मेक्सिकोको सेनाले आप्रवासी टोलीमाथि गोली चलाएको घटनामा नेपालीको मृत्यु नभएको अमेरिकास्थित नेपाली दूतावासले जानकारी दिएको छ । दूतावासले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।

मेक्सिकोको दक्षिणी क्षेत्रतर्फ जाँदै गरेको नेपाली सम्मिलित ३३ आप्रवासी टोली सवार गाडीमा सेनाले गोली चलाउँदा ६ जनाको मृत्यु भएको थियो ।

उक्त गाडीमा ११ नेपाली सवार रहेको र तीन जना घाइते भएको दूतावासले जनाएको छ । उनीहरुको हाल उपचार भइरहेको छ ।

‘सबै ११ नेपाली अहिले मेक्सिकोको अध्यागमन अधिकारीको हिरासतमा छन् । घटनामा कुनै पनि नेपालीको मृत्यु भएको छैन ।’ दूतावासले भन्यो ।

मेक्सिकोको रक्षा मन्त्रालयले सो घटनाको छानबिन गरिरहेको छ । आप्रवासी हरेक वर्ष बस, लरी र ट्रेनमार्फत् मेक्सिको हुँदै अमेरिका पुग्न प्रयास गर्छन् ।

नेपाली सम्मिलित आप्रवासी टोलीमाथि मेक्सिकन सेनाले गोली चलायो, ६ जनाको मृत्यु

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register