दाउन्ने सडक एकतर्फी खुल्यो

नवलपरासी ।  शुक्रबार साँझदेखि अवरुद्ध रहेको दाउन्ने सडकएकतर्फी सञ्चालन भएको छ । जिल्ला प्रहरी कायालयका अनुसार बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खोर्सानीखोलामा सड्क भासिएपछि अवरुद्ध रहेको सडक विहान साढे ९ बजेदेखि देखि एकतर्फी सुचारु भएको हो । प्रहरीले सडक मर्मत गरी आजै दुईतर्फी सञ्चालनमा ल्याउन गरी काम भइरहेको बताएको छ । तर सडक भासिने क्रम नरोकिएकाले तत्काल […]

Oct 5, 2024 - 08:07
 0
दाउन्ने सडक एकतर्फी खुल्यो

नवलपरासी । 

शुक्रबार साँझदेखि अवरुद्ध रहेको दाउन्ने सडकएकतर्फी सञ्चालन भएको छ ।

जिल्ला प्रहरी कायालयका अनुसार बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खोर्सानीखोलामा सड्क भासिएपछि अवरुद्ध रहेको सडक विहान साढे ९ बजेदेखि देखि एकतर्फी सुचारु भएको हो ।

प्रहरीले सडक मर्मत गरी आजै दुईतर्फी सञ्चालनमा ल्याउन गरी काम भइरहेको बताएको छ । तर सडक भासिने क्रम नरोकिएकाले तत्काल दुईतर्फी सञ्चालनमा समस्या भएको छ ।

शुक्रबार साझँ ५:४५ बजे करिब २० फिट लम्बाइ र ५ फिट सडक भासिएको थियो । राजमार्ग अवरुद्ध हुँदा पूर्व र पश्चिमबाट आउने जाने सवारीको ठुलो जाम लागेको छ । एकतर्फी मात्र सडक सञ्चालन भएकोले रोकिएको जाम खुल्न घण्टौँ लाग्ने देखिएको छ । 

यसअघि असोज १४ गते पनि खुर्सानी खोला क्षेत्रमा नै सडक भासिएको थियो । दाउन्ने क्षेत्रमा नारायणगढ बुटवल सडक विस्तारको क्रममा तीन लेनमा सडक विस्तार गर्न खनिएका स्थानमा माटो खुकुलो हुँदा सडक भासिने र पहिरो खस्ने गरेको छ ।

चाडबाडको समयमा पटक–पटक सडक अवरुद्ध हुँदा यात्रुले हैरानी खेप्न परिरहेको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register