सर्बियामाथि स्पेनको शानदार जित

काठमाडौँ । युइएफए नेसन्स लिग अन्तर्गत स्पेनले सर्बियामाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न समुह चार अन्तर्गतको खेलमा स्पेनले सर्बियालाई ३-० गोल अन्तरले पराजित गरेको हो । स्पेनको जितमा आइमेरिक लापोर्टे, अल्भारो मोराटा र एलेक्स बाएनाले एक एक गोल गरेका थिए । यस खेलमा स्ट्राहिन्जा पाभ्लोभिकले खेलको ७६औं मिनेटमा रातो कार्ड पाएपछि सर्बिया […]

Oct 16, 2024 - 04:19
 0
सर्बियामाथि स्पेनको शानदार जित

काठमाडौँ ।

युइएफए नेसन्स लिग अन्तर्गत स्पेनले सर्बियामाथि शानदार जित हासिल गरेको छ ।

गएराती सम्पन्न समुह चार अन्तर्गतको खेलमा स्पेनले सर्बियालाई ३-० गोल अन्तरले पराजित गरेको हो । स्पेनको जितमा आइमेरिक लापोर्टे, अल्भारो मोराटा र एलेक्स बाएनाले एक एक गोल गरेका थिए । यस खेलमा स्ट्राहिन्जा पाभ्लोभिकले खेलको ७६औं मिनेटमा रातो कार्ड पाएपछि सर्बिया १० खेलाडीमा सिमित भएको थियो ।

त्यस्तै समुह चारकै अर्को खेलमा स्वीजरल्याण्ड र डेनमार्क २-२ गोलको बराबरीमा रोकिएका छन् । यस खेलमा स्वीजरल्याण्डका लागि रिमो फ्रेउलेर र जेकी अमडोउनीले एक एक गोल गरेका थिए । त्यस्तै डेनमार्कका लागि गुस्टभ इसाकसेन र क्रिस्टियन इरिक्सनले एक एक गोल गरेका थिए ।

यी खेलपछि समुह चारमा स्पेन ४ खेलमा १० अंकसहित शिर्ष स्थानमा रहेको छ भने डेनमार्क ४ खेलमा ७ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै सर्बिया ४ खेलमा ४ अंकसहित तेस्रो स्थानमा छ भने स्वीजरल्याण्ड ४ खेलमा एक अंकसहित चौथो स्थानमा छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register