राजमार्गका दुई होटललाई फोहोर खाना बिक्री गरेपछि जरिवाना

धादिङ । जिल्ला सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको सक्रियता बढेसंगै राजमार्ग होटल र सवारी साधनमा हुने अनियमितता तार्जेटमा परेकाे छ । प्रमुख जिल्ला अधिकारी घिमिरेको नेतृत्वमा गरिएको अनुगमनमा होटलमा लिईने मूल्य, सरसफाइतर्फ केन्द्रीत रहेको छ ।पछिल्लो पटक गजुरी गाउँपलिकामा रहेको बिग जोन होटल एण्ड लज किचेनलाई २० हजार, गल्छी गाउँपलिकामा रहेको कान्तिपुर […]

Oct 5, 2024 - 12:43
 0
राजमार्गका दुई होटललाई फोहोर खाना बिक्री गरेपछि जरिवाना

धादिङ ।

जिल्ला सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको सक्रियता बढेसंगै राजमार्ग होटल र सवारी साधनमा हुने अनियमितता तार्जेटमा परेकाे छ ।

प्रमुख जिल्ला अधिकारी घिमिरेको नेतृत्वमा गरिएको अनुगमनमा होटलमा लिईने मूल्य, सरसफाइतर्फ केन्द्रीत रहेको छ ।
पछिल्लो पटक गजुरी गाउँपलिकामा रहेको बिग जोन होटल एण्ड लज किचेनलाई २० हजार, गल्छी गाउँपलिकामा रहेको कान्तिपुर थकाली किचेन एण्ड लजलाई २० हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला अनुगमन समितिका सदस्य सचिव चुडामणि पुरीले जानकारी दिनुभयो ।

होटल फोहोर भएको, खानेकुरामा फोहोर पर्ने गरि राखेको, होटलसंग भएको कोल्ड स्टोर दर्ता नगरि संचालन थगरेको र खानेकुराको मूल्या बढी लिएको गुनासोको आधारमा होटलहरुको अनुगमन गरिएको थियो । मूल्य सूचि नराखेको, खानेकुरा फोहोर र होटलको सरसफाइ नभएको अनुगमन समितिले जनाएको छ ।


चाडपर्वको समयमा बजारमा पाइने सामानहरुको अत्याधिक मूल्य लिने, उपभोक्ता ठगिने आदी कारणले नागरिकहरु समस्यामा पर्ने भएपछि नागरिकहरुको आग्रह र उजुरीको आधारमा निरन्तर अनुगमन भइरहेको पुरीको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register