धेरै तेल र मसलादार खाना स्वास्थ्यको लागि हानिकारक

काठमाडौं । धेरै व्यक्तिलाई मसलादार खाना नै मनपर्छ । तर, के तपाईंलाई थाहा छ, धेरै तेल र मसलादार खाना तपाईंको स्वास्थ्यका लागि खतरनाक साबित हुनसक्छ ? कहिलेकाहीँ मसलादार खाना ठिकै हुन्छ, तर दैनिक यस्ता भोजनको सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ । प्राय: महिलाहरू खाना बनाउँदा तेलको मात्रा बढाउँछन्, जसले भोजन स्वादिष्ट बनाउँछ तर, यस्तो […]

Oct 5, 2024 - 12:49
 0
धेरै तेल र मसलादार खाना स्वास्थ्यको लागि हानिकारक

काठमाडौं । धेरै व्यक्तिलाई मसलादार खाना नै मनपर्छ । तर, के तपाईंलाई थाहा छ, धेरै तेल र मसलादार खाना तपाईंको स्वास्थ्यका लागि खतरनाक साबित हुनसक्छ ? कहिलेकाहीँ मसलादार खाना ठिकै हुन्छ, तर दैनिक यस्ता भोजनको सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

प्राय: महिलाहरू खाना बनाउँदा तेलको मात्रा बढाउँछन्, जसले भोजन स्वादिष्ट बनाउँछ तर, यस्तो गर्नु अत्यन्त खतरनाक हुनसक्छ ।

तेलमा धेरै मात्रामा लिपिड हुन्छ, जुन हाम्रो शरीरका लागि हानिकारक हुनसक्छ । धेरै तेल भएको भोजनले हृदयाघातको खतरा बढाउँछ । यसका साथै पाचन प्रणालीका समस्याहरू पनि देखिने गर्छन् ।

धेरै मात्रामा तेलको सेवनले पेटमा दुखाई, एसीडीटी, ग्यास, मोटोपन, उच्च रक्तचाप, हृदय रोग, कम उमेरमा कमजोरीजस्ता समस्याहरू हुनसक्छ । धेरै तेल र मसला खानाले मधुमेह र क्यान्सर जस्ता रोगहरूको खतरा पनि बढाउँछ । धेरै तेल र मसलादार खाना खाँदा मानिस बिरामी हुन्छ । यसले बान्ता, पखाला, चक्कर आउनेजस्ता समस्याहरू निम्त्याउँछ ।

धेरै तेल र मसलादार खाना आजैदेखि बन्द गर्नुहोस् । यसको सट्टा सन्तुलित आहारको सेवन गर्नुहोस् । खाना बनाउँदा कम मात्रामा तेलको प्रयोग गर्नुहोस् र धेरै मसलाको प्रयोग कम गर्नुहोस् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register