कृषि विकास बैंकद्वारा बाढीपहिरो पीडितलाई डेढ करोड सहयोग

काठमाडौं । कृषि विकास बैंकले बाढीपहिरो तथा डुबान पीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा डेढ करोड रुपैयाँ प्रदान गरेको छ । बैंकका पदाधिकारीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक करोड ५० लाखको चेक हस्तान्तरण गरेका हुन् । बैंकले हस्तान्तरण गरेको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भइसकेको छ । […]

Oct 6, 2024 - 07:13
 0
कृषि विकास बैंकद्वारा बाढीपहिरो पीडितलाई डेढ करोड सहयोग

काठमाडौं । कृषि विकास बैंकले बाढीपहिरो तथा डुबान पीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा डेढ करोड रुपैयाँ प्रदान गरेको छ ।

बैंकका पदाधिकारीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक करोड ५० लाखको चेक हस्तान्तरण गरेका हुन् । बैंकले हस्तान्तरण गरेको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भइसकेको छ ।

बैंक तथा वित्तीय संस्थाको सहयोग रकमबाट बाढीपहिरो पीडितको राहत तथा पुनःस्थापनाको काममा टेवा पुग्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

कृषि विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत विगतमा पनि भूकम्पबाट प्रभावित र कोरोना महामारीबाट पीडितहरुको लागि नेपाल सरकारबाट गठित उद्धार कोषमा रकम जम्मा गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register