एनपीएल अक्सन : रिजन ढकाल १० लाखमा चितवन राइनोजमा आबद्ध

काठमाडौं। नेपाल प्रिमियर लिग एनपीएल टी–२० क्रिकेट प्रतियोगिताका लागि चितवन राइनोजले रिजन ढकाललाई आफ्नो टोलीमा आबद्ध गरेको छ । एनपीएलको जारी अक्सनमा पहिलो बिडमा परेका क्याटगोरी ‘ए’का ढकाललाई चितवनले १० लाख रुपैयाँमा किनेको हो ।  लेफ्ट आर्म पेसर ढकाल राष्ट्रिय टोलीमा समेत परेका छन् । यस्तै क्रिकेटर सुवास भण्डारीलाई विराटनगर किङ्ग्सले साढे २ लाखमा भित्र्याएको […]

Oct 6, 2024 - 10:17
 0
एनपीएल अक्सन : रिजन ढकाल १० लाखमा चितवन राइनोजमा आबद्ध

काठमाडौं। नेपाल प्रिमियर लिग एनपीएल टी–२० क्रिकेट प्रतियोगिताका लागि चितवन राइनोजले रिजन ढकाललाई आफ्नो टोलीमा आबद्ध गरेको छ ।

एनपीएलको जारी अक्सनमा पहिलो बिडमा परेका क्याटगोरी ‘ए’का ढकाललाई चितवनले १० लाख रुपैयाँमा किनेको हो ।  लेफ्ट आर्म पेसर ढकाल राष्ट्रिय टोलीमा समेत परेका छन् ।

यस्तै क्रिकेटर सुवास भण्डारीलाई विराटनगर किङ्ग्सले साढे २ लाखमा भित्र्याएको छ । उनी राईट आर्म अफस्पिनर हुन् ।

अक्सनमा १६२ खेलाडी दर्ता गरिएका छन्। प्रतियोगितामा कुल ८ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

अक्सनमा १६२ खेलाडी दर्ता गरिएका छन् । प्रतियोगितामा कुल ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register