ग्यासको समस्याबाट छुटकारा पाउन अपनाउनुहोस् यस्ता घरेलु उपाय

काठमाडौं । हामीमध्ये धेरैलाई चिल्लो पिरो खान मनपर्छ । जसले गर्दा पेटमा ग्यास बन्ने गर्छ । यदि तपाईं पनि ग्यासको समस्याबाट पीडित हुनुहुन्छ भने आज हामी पाँच घरेलु उपायहरूको बारेमा बताउनेछौँ । जसलाई अपनाएर तपाईंलाई ग्यासको समस्याबाट राहत मिल्नेछ । आउनुहोस्, ती पाँच घरेलु उपायहरूको बारेमा जानौँ । ज्वानो ज्वानोमा थाइमोल नामक तत्त्व हुन्छ, जसले […]

Oct 10, 2024 - 12:01
 0
ग्यासको समस्याबाट छुटकारा पाउन अपनाउनुहोस् यस्ता घरेलु उपाय

काठमाडौं । हामीमध्ये धेरैलाई चिल्लो पिरो खान मनपर्छ । जसले गर्दा पेटमा ग्यास बन्ने गर्छ । यदि तपाईं पनि ग्यासको समस्याबाट पीडित हुनुहुन्छ भने आज हामी पाँच घरेलु उपायहरूको बारेमा बताउनेछौँ । जसलाई अपनाएर तपाईंलाई ग्यासको समस्याबाट राहत मिल्नेछ । आउनुहोस्, ती पाँच घरेलु उपायहरूको बारेमा जानौँ ।

ज्वानो

ज्वानोमा थाइमोल नामक तत्त्व हुन्छ, जसले ग्यास्ट्रिकलाई कम गर्छ र पाचनमा मद्दत गर्छ । ग्यासको समस्या भए पानीसँग लगभग आधा चम्चा ज्वानो खान सकिन्छ । यसले पेटमा राहत मिल्छ ।

जिरा पानी

जिरा पानी ग्यास्ट्रिक वा ग्यासको समस्याको सबैभन्दा राम्रो घरेलु उपचार हो । जिरामा आवश्यक तेलहरू हुन्छ, जसले र्‍याल ग्रन्थिलाई बढाउँछ । यसले खाना राम्रोसँग पचाउँछ र पेटमा अतिरिक्त ग्यासको बन्ने प्रक्रियालाई रोक्छ ।

हिंग पानी

आधा चम्चा हिंगलाई हल्का तातो पानीमा मिलाएर पिउँदा पेटमा ग्यास बन्न कम हुन्छ । हिंगले ग्यासबाट तुरुन्त राहत दिन मद्दत गर्छ । यसले पेट पनि सफा गर्छ र ग्यासबाट राहत दिन्छ ।

अदुवा

अदुवाको प्रयोग धेरै रोगको औषधिको रुपमा गरिन्छ । ताजा अदुवाको प्रयोग पेटको ग्यास हटाउन पनि गर्न सकिन्छ । पेटको ग्यासबाट राहत पाउन अदुवाको चिया पिउन सकिन्छ । अदुवाको चिया बनाउन एक कप पानीमा ताजा अदुवाका टुक्रा राखेर राम्रोसँग उमाल्नुहोस् र हल्का तातो हुँदा पिउनुहोस् ।

बेकिङ सोडा र कागतीको रस

एकदमै सजिलो र छिटो तयार हुने घरेलु उपाय हो बेकिङ सोडा र कागतीको रस । एक चम्चा कागतीको रस र आधा चम्चा बेकिङ सोडालाई एक कप पानीमा मिसाएर पिउनुहोस् । यसले पेटको ग्यासबाट तुरुन्त राहत दिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register