दशैँको मुखमा नक्कली नोटको बिगबिगी, रौतहटबाट दुईजना पक्राउ 

काठमाडौँ । दशैँको मुखमा बजारमा नक्कली नोटको बिगबिगी बढेको छ । खासगरी नोटको बढी कारोबार हुने शहर तथा व्यापारिक क्षेत्रहरुमा नक्कली नोटको बिगबिगी बढेको हो ।  यसैबीच प्रहरीले एक हजार दरका ४७ थान नक्कली नोटसहित रौतहटको चन्द्रपुर नगरपालिका-१० स्थित सडकबाट दुईजनालाई पक्राउ गरेको छ । उनीहरुलाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा […]

Oct 6, 2024 - 12:29
 0
दशैँको मुखमा नक्कली नोटको बिगबिगी, रौतहटबाट दुईजना पक्राउ 

काठमाडौँ । दशैँको मुखमा बजारमा नक्कली नोटको बिगबिगी बढेको छ । खासगरी नोटको बढी कारोबार हुने शहर तथा व्यापारिक क्षेत्रहरुमा नक्कली नोटको बिगबिगी बढेको हो । 

यसैबीच प्रहरीले एक हजार दरका ४७ थान नक्कली नोटसहित रौतहटको चन्द्रपुर नगरपालिका-१० स्थित सडकबाट दुईजनालाई पक्राउ गरेको छ ।

उनीहरुलाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा गढीमाई नगरपालिका-५ बस्ने ३६ वर्षीय रामकिशोर पटेल र ४० वर्षीय सन्तोष उपाध्याय रहेका छन् । उनीहरुको साथबाट प्रहरीले ४७ हजार नक्कली नोटसमेत बरामद गरेको छ । 

शंका लागेर बीआर ५५ जे ८२९३ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उनीहरुलाई नक्कली नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register