इजरायल र लेबनानमा रहेका नेपालीको सुरक्षामा ध्यान दिन परराष्ट्रमन्त्रीको निर्देशन

काठमाडौं । इजरायल र लेबनानको पछिल्लो तनावग्रस्त अवस्थालाई ध्यानमा राख्दै परराष्ट्रमन्त्री आरजु राणा देउवाले त्यहाँ रहेका नेपालीको अवस्थाबारे निरन्तर अपडेट लिने र आवश्यक सहयोग पुर्याउन निर्देशन दिएकी छिन् । आइतबार नेपालस्थित परराष्ट्र मन्त्रालयबाट भर्चुअल बैठकमार्फत इजरायल र लेबनानमा कार्यरत नेपाली दूतावासका अधिकारीहरूसँग छलफल गर्दै उनले सो निर्देशन दिएकी हुन् । उनले भनिन्, ‘कोही संकटमा छन् […]

Oct 6, 2024 - 12:29
 0
इजरायल र लेबनानमा रहेका नेपालीको सुरक्षामा ध्यान दिन परराष्ट्रमन्त्रीको निर्देशन

काठमाडौं । इजरायल र लेबनानको पछिल्लो तनावग्रस्त अवस्थालाई ध्यानमा राख्दै परराष्ट्रमन्त्री आरजु राणा देउवाले त्यहाँ रहेका नेपालीको अवस्थाबारे निरन्तर अपडेट लिने र आवश्यक सहयोग पुर्याउन निर्देशन दिएकी छिन् ।

आइतबार नेपालस्थित परराष्ट्र मन्त्रालयबाट भर्चुअल बैठकमार्फत इजरायल र लेबनानमा कार्यरत नेपाली दूतावासका अधिकारीहरूसँग छलफल गर्दै उनले सो निर्देशन दिएकी हुन् ।

उनले भनिन्, ‘कोही संकटमा छन् भने उद्धारको तयारी गर्नुहोस्’

मन्त्री राणाले लेबनानमा विशेषगरी पछिल्ला घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीको सुरक्षा अवस्थालाई उच्च प्राथमिकतामा राख्न र यदि कसैले स्वदेश फर्कन चाहेको खण्डमा तुरुन्तै आवश्यक समन्वय गर्न आग्रह गरिन् ।

उनले भनिन्, ‘ कुनै पनि नेपाली संकटमा परेको सूचना आयो भने उद्धारका लागि तयारी अवस्थामा रहनुहोस् । यदि स्वदेश फर्काउनुपर्ने अवस्था आउँछ भने तुरुन्त कदम चाल्न गृहकार्य अघि बढाउनु ।’

त्यस्तै, इजरायलमा रहेका नेपालीहरूको अवस्थाबारे पनि अपडेट लिँदै मन्त्री राणाले सबैसँग निरन्तर सम्पर्कमा रहन र परराष्ट्र मन्त्रालयसँग समन्वय गरी स्थिति नियन्त्रणमा राख्न आग्रह गरिन् ।

इजिप्टस्थित नेपाली राजदूत सुशील लम्सालले लेबनानमा हाल एक हजार दुई सय नेपाली रहेको र तीमध्ये अधिकांश घरायसी कामदार भएको बताए । ‘अहिलेसम्म कुनै ठूलो समस्या नभए पनि नेपालमा रहेका आफन्तहरू निकै चिन्तित छन्,’ दूतावासले जानकारी गराएको सूचनामा उल्लेख छ ।

हालसम्म जम्मा तीन जना नेपालीले मात्रै आफूसँग सम्पर्क राखेको र उनीहरू सबै बेरुतमा सुरक्षित रहेको उनले जनाए ।

त्यस्तै, इजरायलस्थित नेपाली कार्यवाहक राजदूत कुमार श्रेष्ठले इजरायलको स्थिति सामान्य रहेको र त्यहाँ रहेका करिब चार हजार पाँच सय नेपाली नागरिक सुरक्षित रहेको बताए । हाल इजरायलमा रहेका नेपालीहरूको सुरक्षालाई मध्यनजर गर्दै आवश्यक सम्पर्क व्यक्ति र सहायता केन्द्र तोकिएको जानकारी उनले बैठकमा प्रस्तुत गरे ।

परराष्ट्र मन्त्रालयले नेपालमा रहेका आफन्तलाई पनि यथार्थ जानकारी गराउँदै अफवाहबाट बच्न र कुनै समस्या भए तुरुन्तै सम्पर्क गर्न अपिल गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register