सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं। चितवनको भरतपुर महानगरपालिका-२९ जुगेडी बजारमा ना.४२ प ४८९० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-१७ बस्ने ६२ वर्षीय धनिराम महतोको मृत्यु भएको छ । मोटरसाइकलले शनिबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको भरतपुर सरकारी अस्पतालमा उपचार […]

Oct 6, 2024 - 12:31
 0
सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं।

चितवनको भरतपुर महानगरपालिका-२९ जुगेडी बजारमा ना.४२ प ४८९० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-१७ बस्ने ६२ वर्षीय धनिराम महतोको मृत्यु भएको छ । मोटरसाइकलले शनिबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ ।

गोरखा, गोरखा नगरपालिका-१० हुल्चेस्थित सडकमा हाल नम्बर नखुलेको क्रेन करिब २० मिटर तल खोल्सामा खसेर आइतबार दिउँसो दुर्घटना हुँदा सोही क्रेनले च्यापिएर बारा जितपुर सिमरा उपमहानगरपालिका-१९ बस्ने १९ वर्षीय प्रिन्स अन्सारीको मृत्यु भएको छ । क्रेन चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ, बुढिगंगा गाउँपालिका-४ गोकुवाचोकस्थित सडकमा प्र.१-०२-०५४ प ९२०२ नम्बरको मोटरसाइकलाई प्र.१-०२-००१ क ३७१३ नम्बरको ट्रकले आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार संखुवासभा घर भएका २७ वर्षीय चन्द्र बहादुर तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट टिचिङ अस्पताल गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register