सम्बन्धमा धेरै शंका गर्नुहुन्छ भने यी कुरामा ध्यान दिनुहोस्

एजेन्सी । यदि तपाईं आफ्नो पार्टनरलाई सानो–सानो कुरामा शंका गर्नुहुन्छ, र त्यसकै कारणले झगडा गर्नुहुन्छ भने अलि सावधान हुनुहोस् । सामान्यतया पार्टनरबीच हाँसो–ठट्टा र सानो झगडाले सम्बन्धलाई बलियो बनाउँछ, तर जब सम्बन्धमा शंका उत्पन्न हुन्छ, कमजोर हुन समय लाग्दैन । शंका र लगातार हुने झगडाले तपाईंको सम्बन्ध धरापमा पर्न सक्छ । हामी तपाईंलाई पाँच यस्ता […]

Oct 6, 2024 - 12:49
 0
सम्बन्धमा धेरै शंका गर्नुहुन्छ भने यी कुरामा ध्यान दिनुहोस्

एजेन्सी । यदि तपाईं आफ्नो पार्टनरलाई सानो–सानो कुरामा शंका गर्नुहुन्छ, र त्यसकै कारणले झगडा गर्नुहुन्छ भने अलि सावधान हुनुहोस् । सामान्यतया पार्टनरबीच हाँसो–ठट्टा र सानो झगडाले सम्बन्धलाई बलियो बनाउँछ, तर जब सम्बन्धमा शंका उत्पन्न हुन्छ, कमजोर हुन समय लाग्दैन । शंका र लगातार हुने झगडाले तपाईंको सम्बन्ध धरापमा पर्न सक्छ ।

हामी तपाईंलाई पाँच यस्ता टिप्स बारेमा बताउन गइरहेका छौँ, जसलाई अपनाएपछि सम्बन्ध बलियो हुन सक्नेछ ।

आफूले आफूलाई बुझ्नुहोस्

यदि पार्टनरलाई शंका गर्न थाल्नुभएको छ भने पहिले तपाईंले आफूसँग कुरा गर्नुहोस् र बुझ्नुहोस् कि यो शंका ठिक छ कि छैन ? जब आफुलाई बुझ्नुहुन्छ तब पार्टनरलाई बुझाउन सक्नुहुन्छ कि तपाईं के महसुस गर्दै हुनुहुन्छ र किन यस्तो महसुस गर्दै हुनुहुन्छ ।

पार्टनरसँग कुरा गर्नुहोस्

पार्टनरसँग कुरा गर्नुहोस् र आफ्नो मनमा लागेको कुरा बताउनुहोस् । यस बारेमा खुला रूपमा आफ्ना कुरा राख्नुहोस् । साथै आफ्नो पार्टनरका कुरा पनि बुझ्नुहोस् । उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस् र बुझ्नुहोस् कि उनीहरू तपाईंलाई के भन्न चाहन्छन् । जब तपाईं आफ्नो पार्टनरसँग मन खोलेर कुरा गर्नुहुन्छ, यसले सम्बन्धमा विश्वास र माया दुवै बढाउँछ ।

सँगै समय बिताउनुहोस्

आफ्नो व्यस्तताबाट अलि समय निकालेर एक–अर्कासँग समय बिताउनुहोस् । सँगै कतै घुम्न जानुहोस् र सँगै रहनुहोस् । यसले तपाईंको शंका पनि कम हुनेछ । आफ्ना कमजोरी स्वीकार गर्नुहोस् र पार्टनरलाई बताउनुहोस् कि तपाईं के सोच्दै हुनुहुन्छ । जब घुम्न जानुहुन्छ तब तपाईं आफ्ना भावना आफ्नो पार्टनरलाई पनि बुझाउनुहोस् ।

मित्र जस्तै रहनुहोस्

आफ्नो पार्टनरसँग मित्र जस्तै व्यवहार गर्नुहोस् । उनीहरूसँग हाँसो–ठट्टा गर्नुहोस्, रमाइलो कुरा गर्नुहोस्, र उनीहरूको खुसीमा सहभागी हुनुहोस् । यसले तपाईंहरूको सम्बन्धलाई अझ नजिक बनाउँछ ।

काउन्सिलिङमा जानुहोस्

यदि तपाईंको सम्बन्ध धेरै बिग्रिसकेको छ र टुट्ने अवस्थामा छ भने तपाईं काउन्सिलिङ्मा जान पनि सक्नुहुन्छ । उनीहरूको सहयोग लिन सक्नुहुन्छ । शंका गर्नु नराम्रो कुरा होइन, तर आवश्यकता भन्दा बढी र हरेक कुरामा शंका गर्नु गलत कुरा हो । यस कारणले तपाईंको सम्बन्ध खतरामा पर्न सक्छ वा टुट्ने अवस्थामा पुग्न सक्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register