हेटौंडा–काठमाडौं जोड्ने ३ सडक सञ्चालनमा

काठमाडौं । हेटौंडा–काठमाडौं जोड्ने तीन वटा सडक सञ्चालनमा ल्याइएको छ । हेटौंडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं, कुलेखानी–फाखेल–हुमानेभन्ज्याङ–फर्पिङ–काठमाडौ र कुलेखानी–महालक्ष्मीखोला–चखेल–मातातीर्थ–काठमाडौं  सडक सञ्चालनमा ल्याएको बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केले जानकारी दिए । १० देखि १२ असोजसम्म परेको वर्षाका कारण र कुलेखानी जलविद्युत केन्द्रले पानी छोड्दा काठमाडौंबाट हेटौंडा जोड्ने सडकहरु अवरुद्ध भएका थिए । मन्त्री मास्केका अनुसार दशैंलाई लक्षित गरेर  […]

Oct 6, 2024 - 15:41
 0
हेटौंडा–काठमाडौं जोड्ने ३ सडक सञ्चालनमा

काठमाडौं । हेटौंडा–काठमाडौं जोड्ने तीन वटा सडक सञ्चालनमा ल्याइएको छ ।

हेटौंडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं, कुलेखानी–फाखेल–हुमानेभन्ज्याङ–फर्पिङ–काठमाडौ र कुलेखानी–महालक्ष्मीखोला–चखेल–मातातीर्थ–काठमाडौं  सडक सञ्चालनमा ल्याएको बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केले जानकारी दिए ।

१० देखि १२ असोजसम्म परेको वर्षाका कारण र कुलेखानी जलविद्युत केन्द्रले पानी छोड्दा काठमाडौंबाट हेटौंडा जोड्ने सडकहरु अवरुद्ध भएका थिए ।

मन्त्री मास्केका अनुसार दशैंलाई लक्षित गरेर  सडक खुलाइएको हो । दीर्घकालिन तरिकाले योजना बनाएर काम गर्ने पनि उनले बताए ।

कुलेखानी–सिस्नेरी खण्डको ज्यामिरेमा, कुलेखानी–फाखेल खण्डको महालक्ष्मी खोलामा, कुलेखानी ड्याम क्षेत्रमा र दक्षिणकाली नगरपालिका क्षेत्रमा गरी ५ वटा डाइभर्सन निर्माण गरिएको छ  ।

सिस्नेरी र फाखेल सडकलाई ‘वान वे’ बनाउने विषयमा छलफल भइरहेको पनि उनले बताए ।  त्रिभुवन राजपथ भने यसअघि नै सञ्चालनमा ल्याइएको थियो । कान्तिलोकपथ  भने अझै  अवरुद्ध छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register