काठमाडौंमा कुनै पसलेले ठगी गरिरहेको छ ? क्यू आर कोडमार्फत सिधै गुनासो गर्नुस !

काठमाडौं । काठमाडौमा कुनै पसलेले गुणस्तरहीन सामान बेचेको छ ? वा अत्याधिक मूल्य लिएर सामान बेचिरहेको छ र तपाईलाई ठगिरहेको छ भने अब सिधै क्यूआर कोड स्क्यान गरी काठमाडौ प्रशासनमा उजुरी गर्न सक्नुहुनेछ । जिल्ला प्रशासन कार्यालय काठमाडौले क्यू आर कोड स्क्यान गर्नासाथ उपभोक्ता उजुरी फर्म आउने र त्यसमा अनलाइन मार्फत उजुरी गर्न सकिने व्यवस्था […]

Oct 6, 2024 - 16:43
 0
काठमाडौंमा कुनै पसलेले ठगी गरिरहेको छ ? क्यू आर कोडमार्फत सिधै गुनासो गर्नुस !

काठमाडौं ।


काठमाडौमा कुनै पसलेले गुणस्तरहीन सामान बेचेको छ ? वा अत्याधिक मूल्य लिएर सामान बेचिरहेको छ र तपाईलाई ठगिरहेको छ भने अब सिधै क्यूआर कोड स्क्यान गरी काठमाडौ प्रशासनमा उजुरी गर्न सक्नुहुनेछ ।


जिल्ला प्रशासन कार्यालय काठमाडौले क्यू आर कोड स्क्यान गर्नासाथ उपभोक्ता उजुरी फर्म आउने र त्यसमा अनलाइन मार्फत उजुरी गर्न सकिने व्यवस्था मिलाएको छ ।

क्यू आर कोड स्क्यान गर्नासाथ उपभोक्ता उजुरी फाराम आउने छ र त्यसमा नै गुनासो लेखेर सबमीट गर्न सकिने व्यवस्था मिलाइएको छ ।

यसरी आएका गुनासाको तत्काल सम्वोधन गरिने र कुनै पनि व्यापारीले गुणस्तरहीन सामान विक्री गरेको र उपभोक्ता ठगीमा संलग्न भएको पाइएमा कडा कानुनी कारवाही गरिने काठमाडौका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताउनुभयो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register