पाकिस्तानमा भएको आत्मघाती आक्रमणमा २ चिनियाँको मृत्यु, १० घाइते

काठमाडौं । पाकिस्तानको जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा २ चिनियाँ नागरिकको मृत्यु भएको छ । कराँचीमा आइतबार राति भएको आक्रमणमा १० जना घाइते भएका छन् । घटनास्थलमा भएको भेटिएको एउटा शव आक्रमणकारीको भएको आशंका गरिएको छ । सोमबार जारी गरिएको एक विज्ञप्तिमा बीएलएले कराँची विमानस्थलमा पुग्ने चाइनिज इन्जिनियर र लगानीकर्ताको टोलीलाई हमला गरेको उल्लेख गरेको […]

Oct 7, 2024 - 07:05
 0
पाकिस्तानमा भएको आत्मघाती आक्रमणमा २ चिनियाँको मृत्यु, १० घाइते

काठमाडौं । पाकिस्तानको जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा २ चिनियाँ नागरिकको मृत्यु भएको छ ।

कराँचीमा आइतबार राति भएको आक्रमणमा १० जना घाइते भएका छन् । घटनास्थलमा भएको भेटिएको एउटा शव आक्रमणकारीको भएको आशंका गरिएको छ ।

सोमबार जारी गरिएको एक विज्ञप्तिमा बीएलएले कराँची विमानस्थलमा पुग्ने चाइनिज इन्जिनियर र लगानीकर्ताको टोलीलाई हमला गरेको उल्लेख गरेको छ । विज्ञप्तिले सो हमलालाई आत्मघाती आक्रमणको रुपमा वर्णन गरेको छ ।

शाह फहाद नामक व्यक्ति सो आक्रमणमा संलग्न थिए । विष्फोटक यन्त्र जडान गरिएको गाडीको प्रयोग गरेर आक्रमण गरिएको थियो ।

सिन्ध प्रान्तमा जारी उर्जा परियोजनमा काम गरिरहेका चिनियाँ इन्जिनियरहरुलाई लक्षित गर्दै विष्फोट आतंकवादी आक्रमण भएको पाकिस्तानस्थित चिनियाँ राजदूतावासले दाबी गरेको छ ।

पछिल्लो केही वर्ष विकास परियोजनामा संलग्न चिनियाँ नागरिकमा हमला गर्ने विच्छेदवादी बलुचिस्तान लिबरेशन आर्मी बीएलएले सो घटनाको जिम्मा लिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register