‘इरान जस्तोसुकै इजरायली हमलाको जवाफ दिन तयार छ’

तेहरान । इरानले सम्भावित इजरायली आक्रमणको जवाफ दिने योजना तयार पारेको स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएको छ । “इजरायलद्वारा सम्भावित आक्रमणको आवश्यक प्रतिक्रियात्मक योजना पूर्ण रूपमा तयार गरिएको छ”, सशस्त्र सेनाको सुचना उद्धृत गर्दै तस्निम समाचार एजेन्सीले बताएको छ । इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजिसी)ले मङ्गलबार तेहरानसँग सम्बद्ध समूहका नेताहरू आक्रमणमा मारिएको प्रतिशोधमा इजरायलमा करिब २०० […]

Oct 6, 2024 - 14:45
 0
‘इरान जस्तोसुकै इजरायली हमलाको जवाफ दिन तयार छ’

तेहरान । इरानले सम्भावित इजरायली आक्रमणको जवाफ दिने योजना तयार पारेको स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएको छ ।

“इजरायलद्वारा सम्भावित आक्रमणको आवश्यक प्रतिक्रियात्मक योजना पूर्ण रूपमा तयार गरिएको छ”, सशस्त्र सेनाको सुचना उद्धृत गर्दै तस्निम समाचार एजेन्सीले बताएको छ ।

इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजिसी)ले मङ्गलबार तेहरानसँग सम्बद्ध समूहका नेताहरू आक्रमणमा मारिएको प्रतिशोधमा इजरायलमा करिब २०० वटा मिसाइल आक्रमण गरेको थियो ।

“यदि इजरायलले आक्रमण गर्‍यो  भने इरानले प्रतिआक्रमण गर्नेछ भन्नेमा कुनै शङ्का हुनेछैन”, तस्निमले जनायो ।

बेरुतमा इजरायली हवाई आक्रमणमा हिजबुल्लाह प्रमुख हसन नसरल्लाह र आइआरजिसीका शीर्ष जनरल अब्बास निलफोरोसन हत्याको बदलामा मंगलबार इरानले इजरायलमाथि दोस्रो प्रत्यक्ष मिसाइल आक्रमण गरेको हो ।

विदेशमन्त्री अब्बास अराघचीले शनिबार इजरायली आक्रमणको बदलामा इरानले आनुपातिक वा अझै कडा प्रतिक्रिया दिनसक्ने चेतावनी दिएका थिए । इरानको तेल सुविधा जस्ता महत्त्वपूर्ण स्थललाई लक्षित गर्ने सम्भावित इजरायली हवाई आक्रमणको चिन्ताका बीच इरानका तेलमन्त्री मोहसेन पाकनेजादले आइतबार खार्ग टापूमा रहेको एउटा तेल सुविधाको भ्रमण गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार इजरायललाई विश्वको १० सबैभन्दा ठूलो तेल उत्पादकमध्ये एक इरानको तेल साइटलाई लक्षित आक्रमण नगर्न सल्लाह दिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register