४३ युट्युब च्यानललाई कारबाही गर्न साइबर ब्यूरोलाई पत्र

काठमाडौं । प्रेस काउन्सिल नेपालले ४३ वटा युट्युब च्यानललाई कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्यूरोलाई पत्र लेखेको छ । तथ्यहीन, भ्रामक र अमर्यादित सामग्री सम्प्रेषणको आरोपमा कारबाही सिफारिस गरेको काउन्सिलका सूचना अधिकारी रामशरण बोहराले जानकारी दिए । आचारसंहिता अनुगमन उपसमितिले सो निर्णय गरेको हो । युट्युव च्यानलबाट सम्प्रेषण हुने सामग्रीका विषयमा उजुरी र गुनासा बढ्न […]

Oct 7, 2024 - 12:13
 0
४३ युट्युब च्यानललाई कारबाही गर्न साइबर ब्यूरोलाई पत्र

काठमाडौं । प्रेस काउन्सिल नेपालले ४३ वटा युट्युब च्यानललाई कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्यूरोलाई पत्र लेखेको छ ।

तथ्यहीन, भ्रामक र अमर्यादित सामग्री सम्प्रेषणको आरोपमा कारबाही सिफारिस गरेको काउन्सिलका सूचना अधिकारी रामशरण बोहराले जानकारी दिए ।

आचारसंहिता अनुगमन उपसमितिले सो निर्णय गरेको हो ।

युट्युव च्यानलबाट सम्प्रेषण हुने सामग्रीका विषयमा उजुरी र गुनासा बढ्न थालेपछि कार्यविधि बनाएर काउन्सिलले नियमन थालेको छ ।



What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register