राष्ट्रपतिले ३ देखि ५ बजेसम्म सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले २६ असोजमा ३ देखि ५ बजेसम्म सर्वसाधारणलाई दशैंको टीका लगाइदिने भएका छन् । राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको सूचनामा टीका लगाउने समयतालिका सार्वजनिक गरिएको छ । राष्ट्रपति पौडेलले ३ देखि साढे ३ बजेसम्म विशिष्ट व्यक्तिहरूका लागि र साढे ३ देखि ५ बजेसम्म सर्वसाधारणलाई टीका लगाइदिने राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता वसन्तप्रसाद […]

Oct 8, 2024 - 14:21
 0
राष्ट्रपतिले ३ देखि ५ बजेसम्म सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले २६ असोजमा ३ देखि ५ बजेसम्म सर्वसाधारणलाई दशैंको टीका लगाइदिने भएका छन् । राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको सूचनामा टीका लगाउने समयतालिका सार्वजनिक गरिएको छ ।

राष्ट्रपति पौडेलले ३ देखि साढे ३ बजेसम्म विशिष्ट व्यक्तिहरूका लागि र साढे ३ देखि ५ बजेसम्म सर्वसाधारणलाई टीका लगाइदिने राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीले जानकारी दिए ।

राष्ट्रपति कार्यालयले विशिष्ट व्यक्तिहरुको सूचिमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश, मन्त्रीहरु, सांसद, प्रदेश प्रमुख, न्यायधीश, संवैधानिक निकायका पदाधिकारी र निजामती, जंगी तथा प्रकरीतर्फका अधिकृतस्तरका कर्मचारीलाई राखेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register