सुजुकी गाडी किन्दा अफरै अफर : चारलाख छुटदेखि पाँच वर्षको पेट्रोल खर्च पाइने (भिडिओ)

नेपालमा २६ लाख ९९ हजारबाट सुजुकीका गाडी किन्न पाइन्छन् । करोड रुपैयाँसम्मका गाडीहरू छन् । दशैं तिहारको अवसर बनाएर गाडी किन्नेहरूको आजभोलि शो–रुमहरूमा भीड छ । किनकि सुजुकीले दशैंमा छुटैछुट दिइरहेको छ ।

Oct 7, 2024 - 12:41
 0
सुजुकी गाडी किन्दा अफरै अफर : चारलाख छुटदेखि पाँच वर्षको पेट्रोल खर्च पाइने (भिडिओ)

काठमाडौं । यो दशैंको अफरैअफरमा अर्काे मज्जाको अफर सुजुकी ब्रान्डले ल्याएको छ । सुजुकी कार खरिद गर्दा चार लाख रुपैयाँसम्मको छुट कम्पनीले दिने भएको हो ।

सबै वर्ग र उमेर समूहका लागि ‘फिट’ हुने विशेषताले नेपालमा सुजुकी गाडीको व्यापार बढ्दो छ । नेपालमा २६ लाख ९९ हजारबाट सुजुकीका गाडी किन्न पाइन्छन् । करोड रुपैयाँसम्मका गाडीहरू छन् । यसबीचमा आम नेपालीको लागि ४० लाख रुपैयाँ आसपासमा आउने धेरै मोडल र भेरियन्टका गाडीहरू युवापुस्तामाझ लोकप्रिय छन् ।

अझ दशैं तिहारको अवसर बनाएर गाडी किन्नेहरूको आजभोलि शो–रुमहरुमा भीड छ । किनकि सुजुकीले दशैंमा छुटैछुट दिइरहेको छ ।

दशैं तिहारमा नयाँ गाडी चढ्न चाहनेहरू अहिले शोरुममा पुगेर छानिरहेका छन् । दशैं तथा तिहारलाई लक्षित गर्दै सुजुकी कारको नेपालका लागि आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्स अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले चाडपर्व लक्षित गर्दै ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको हो ।

यो योजना अन्तर्गत ग्राहकले चारलाख रूपैयाँसम्मको नगद छुट पाउनेछन् । यो भने अघिल्लो सालको मोडलको स्टक रहेको केही ‘जिम्नी’लगायतका गाडी खरिदमा हो ।

सबै गाडी किन्दा १ वर्षको सवारी बीमा पनि पाइने छ । २० हजारसम्मको लोयल्टी बोनस, एक लाख रूपैयाँसम्मको एक्सचेन्ज बोनस र सिट कभर सहितको एसोसरिजहरू निःशुल्क पाउन सक्नेछन् ।

कम्पनीले पेट्रोल गाडी किन्ने ग्राहकले एक हजार लिटरसम्म निःशुल्क पेट्रोल खर्चको अफर समेत दिएको छ । जुन कम्पनीले नाडा अटो शो लक्षित शो कार्यक्रम ल्याएको थियो ।

सो स्किम अझैँ बाँकी रहेको कम्पनीले जनाएको छ । यस्तै, बिक्री पछिको रिसेल भ्यालु प्रति मनोबल अझै बढाउन पाँच वर्षपछि दुई लाख एक्सचेन्ज बोनस ग्यारेन्टी र पाँच वर्षको ढुक्क वारेन्टी पाइनेछ ।

स्विफ्ट विगतदेखि उच्च रिसेल भ्यालु भएको गाडी हो । थप एक्सचेन्ज बोनसले ग्राहकलाई भविष्यमा बिक्री गर्दा फाइदा हुने कम्पनीको भनाइ छ । यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३५ वटै सोरूमहरूमा लागु हुनेछ । सुजुकीका विभिन्न मोडेलहरूका कारहरू बमोजिम फरक–फरक हिसाबका छुटहरू लागु हुनेछन् ।

नाडा अटो शोमा सुजुकीले चौथौ संस्करणको नयाँ एपिक स्विफ्ट पनि सार्वजनिक गरेको थियो । त्यसको आकर्षण युवा पुस्तामा देखिएको छ ।

नयाँ एपिक स्विफ्टसँगै नाडा अटो शोमा सुजुकीका नयाँ एसयुभीहरू जिम्नी, फ्रोन्क्स, ग्रान्ड भितारा र नयाँ ब्रेजा डिस्प्लेमा हुने कम्पनीले जनाएको छ ।

यो योजना सीमित अवधिका लागि लागु गरिएको र यसमा केही शर्तहरू लाग्ने कम्पनीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register