बसाइँ सरि जानेलाई राक्सिराङ गाउँपालिकाले घर उपहार दिने !

काठमाडौँ । मकवानपुरको राक्सिराङ गाउँपालिकाले बसाइँ सरेर आउनेलाई घर उपहार दिने भएको छ । घरबार छोडेर शहर बसाइँ सर्नेहरु बढेपछि गाउँपालिकाले अन्यत्रबाट बसाइँ सरेर गाउँपालिकाभित्र आउनेलाई आगामी वर्षदेखि घर उपहार दिने भएको हो । यसका लागि गाउँपालिकाले बजेटमै ‘सुन्दर समाज हाम्रो सार, बसाइँ सरी आउनेलाई घर उपहार’ कार्यक्रमको व्यवस्था गरेको छ । यसरी उपहार दिइने […]

Oct 7, 2024 - 12:53
 0
बसाइँ सरि जानेलाई राक्सिराङ गाउँपालिकाले घर उपहार दिने !

काठमाडौँ । मकवानपुरको राक्सिराङ गाउँपालिकाले बसाइँ सरेर आउनेलाई घर उपहार दिने भएको छ । घरबार छोडेर शहर बसाइँ सर्नेहरु बढेपछि गाउँपालिकाले अन्यत्रबाट बसाइँ सरेर गाउँपालिकाभित्र आउनेलाई आगामी वर्षदेखि घर उपहार दिने भएको हो ।

यसका लागि गाउँपालिकाले बजेटमै ‘सुन्दर समाज हाम्रो सार, बसाइँ सरी आउनेलाई घर उपहार’ कार्यक्रमको व्यवस्था गरेको छ ।

यसरी उपहार दिइने घर कस्तो प्रकारको हुने ? र कति लागतको हुने ? भन्ने कुरा गाउँपालिकाले बनाउने कार्यविधिमा निर्भर हुने गाउँपालिकाले जनाएको छ ।

पछिल्लो समय दुर्गम भेगबाट बसाइँ सरेर सुगम क्षेत्र जानेहरु बढेपछि उक्त प्रवृत्तिलाई निरुत्साहित गर्नेगरी गाउँपालिकाले नीति तथा कार्यक्रममै उक्त योजना ल्याएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register