लेबनानमा इजरायली हवाई आक्रमण, ११ जनाको मृत्यु

बेरुत । लेबनानमा इजरायली हवाई हमलामा सोमबार लेबनानी नागरिक रक्षाका ११ सदस्यको मृत्यु भएको सिभिल डिफेन्स र लेबनानी रेडक्रसका स्रोतहरूले जनाएका छन् । दक्षिणी लेबनानको बाराचित सहरमा रहेको इस्लामिक स्वास्थ्य प्राधिकरणको केन्द्रलाई लक्षित गरी भएको इजरायली हवाई आक्रमणमा सिभिल डिफेन्सका १० सदस्यको मृत्यु भएको अज्ञात नागरिक सुरक्षा स्रोतले बताएको छ । स्रोतका अनुसार पीडितहरूको शव […]

Oct 7, 2024 - 15:41
 0
लेबनानमा इजरायली हवाई आक्रमण, ११ जनाको मृत्यु

बेरुत । लेबनानमा इजरायली हवाई हमलामा सोमबार लेबनानी नागरिक रक्षाका ११ सदस्यको मृत्यु भएको सिभिल डिफेन्स र लेबनानी रेडक्रसका स्रोतहरूले जनाएका छन् ।

दक्षिणी लेबनानको बाराचित सहरमा रहेको इस्लामिक स्वास्थ्य प्राधिकरणको केन्द्रलाई लक्षित गरी भएको इजरायली हवाई आक्रमणमा सिभिल डिफेन्सका १० सदस्यको मृत्यु भएको अज्ञात नागरिक सुरक्षा स्रोतले बताएको छ ।

स्रोतका अनुसार पीडितहरूको शव दक्षिणी लेबनानको नाबातिह सहरको अस्पतालमा सारिएको छ ।

साथै, पूर्वी लेबनानको कलिया सहरमा रहेको एउटा घरलाई लक्षित गरी भएको इजरायली हवाई आक्रमणमा एक नागरिकको मृत्यु भएको र तीन जना घाइते भएको लेबनानी रेडक्रसको स्रोतले बताएको छ ।

सेप्टेम्बर २३ देखि इजरायली सेनाले लेबनानमा गहन आक्रमण गरेको छ । यसको परिणामस्वरूप कम्तीमा दुई हजार जनाको मृत्यु भएको छ । सिन्ह्वा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register