गौशालास्थित धर्मशालाको स्वामित्व खोसिएपछि मारवाडीको विरोध (तस्वीरहरू)

काठमाडौं । गौशालास्थित धर्मशालाबारे काठमाडौं जिल्ला अदालतको निर्णयविरुद्ध मारवाडी सेवा समितिले विरोध प्रर्दशन गरेको छ । बुधबार धर्मशाला परिसरमा समितिले प्रर्दशन गरेको हो । अदालतले विसं २०६० मा पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएपछि धर्मशाला पशुपतिनाथ मातहतमा आएको थियो । समितिले आफूहरु मोही भएको दाबी […]

Oct 9, 2024 - 07:41
 0
गौशालास्थित धर्मशालाको स्वामित्व खोसिएपछि मारवाडीको विरोध (तस्वीरहरू)

काठमाडौं । गौशालास्थित धर्मशालाबारे काठमाडौं जिल्ला अदालतको निर्णयविरुद्ध मारवाडी सेवा समितिले विरोध प्रर्दशन गरेको छ । बुधबार धर्मशाला परिसरमा समितिले प्रर्दशन गरेको हो ।

अदालतले विसं २०६० मा पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएपछि धर्मशाला पशुपतिनाथ मातहतमा आएको थियो ।

समितिले आफूहरु मोही भएको दाबी गर्दै निर्णय खोरजको माग गरेका छन् ।

वर्षको ५१ हजार तिरेर व्यापारिक लाभका लागि पशुपतिनाथको स्वामित्वको धर्मशाला प्रयोग भएको थियो । लामो प्रयासपछि कौडीको भाउमा कब्जामा रहेको सम्पत्ति फिर्ता भएको हो । अब धर्मशालालाई धार्मिक प्रयोजनकै लागि प्रयोग गरिनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register