कविता : जीवन बीमा

राजेश ढुंगाना जीवन बीमा गरेको छु ईश्वरले खेलेको बीमा कम्पनीमा लम्पसार परेर यमराजको डरले अंग र शरीरको होइन जीवनको यो, आज एक्कासी जीवन बीमा गर्दा ईश्वरको बहि–खातामा म थोरै लजाएको छु र म थोरै आफैसँग घिनाएको पनि छु म एउटा अध्यात्मवादी तर अनिश्वरवादी तर मैले ईश्वरको बहि–खाताको बीमा कम्पनीमा आज एक्कासी जीवन बीमा गरेको छु [...] The post कविता : जीवन बीमा appeared first on Jhapa Online.

Oct 7, 2024 - 10:54
 0
कविता : जीवन बीमा

राजेश ढुंगाना

जीवन बीमा गरेको छु

ईश्वरले खेलेको

बीमा कम्पनीमा

लम्पसार परेर

यमराजको डरले

अंग र

शरीरको होइन

जीवनको

यो, आज एक्कासी

जीवन बीमा गर्दा

ईश्वरको बहि–खातामा

म थोरै लजाएको छु

र म थोरै

आफैसँग घिनाएको पनि छु

एउटा

अध्यात्मवादी

तर

अनिश्वरवादी

तर मैले

ईश्वरको बहि–खाताको

बीमा कम्पनीमा

आज एक्कासी

जीवन बीमा गरेको छु

निर्लज्ज भएर

आधा बाँकी जीवनमा

यमराजको डरले

चिरञ्जीवी हुने विश्वासमा ⁄

ट्ट

The post कविता : जीवन बीमा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register