सिन्धुलीमा भेटियो उँट, कहाँबाट आयो ?

काठमाडौं । मरुभूमिमा पाइने जनावर उँट सिन्धुलीमा फेला परेको छ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा उँट भेटिएको हो । मंगलबार बिहान हरिहरपुरको भिमानमा उँट भेटिएको सिन्धुलीका प्रमुख एवं एसपी गोविन्द काफ्लेले बताए । उँट कहाँबाट आयो भन्नेबारे केही खुलेको छैन । उँट हेर्नेहरूको पनि उत्तिकै भीड लागेको छ । उँट चढ्ने प्रयोजनको लागि मेला महोत्सवमा लगिने […]

Oct 8, 2024 - 08:25
 0
सिन्धुलीमा भेटियो उँट, कहाँबाट आयो ?

काठमाडौं । मरुभूमिमा पाइने जनावर उँट सिन्धुलीमा फेला परेको छ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा उँट भेटिएको हो ।

मंगलबार बिहान हरिहरपुरको भिमानमा उँट भेटिएको सिन्धुलीका प्रमुख एवं एसपी गोविन्द काफ्लेले बताए ।
उँट कहाँबाट आयो भन्नेबारे केही खुलेको छैन ।

उँट हेर्नेहरूको पनि उत्तिकै भीड लागेको छ । उँट चढ्ने प्रयोजनको लागि मेला महोत्सवमा लगिने गरिन्थ्यो । त्यही क्रममा फुत्किएर आएको हुनसक्ने आशंका छ । तर कसैले पनि दाबी गर्न नआएको वन कार्यालयले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register