राष्ट्रियसभामा जेठ ७ गतेदेखि नीति तथा कार्यक्रममाथि छलफल हुने

May 19, 2023 - 01:25
 0
राष्ट्रियसभामा जेठ ७ गतेदेखि नीति तथा कार्यक्रममाथि छलफल हुने
राष्ट्रियसभामा जेठ ७ गतेदेखि नीति तथा कार्यक्रममाथि छलफल हुने

काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रममा राष्ट्रियसभाको बैठकमा तीन दिनसम्म छलफल हुने भएको छ । 

बिहीबार बसेको कार्य व्यवस्था समितिको बैठकले सरकारका नीति तथा कार्यक्रम माथि तीन दिनसम्म छलफल गर्ने निर्णय भइसकेको छ । जसअनुसार जेठ ७ गतेदेखि सरकारका नीति तथा कार्यक्रम माथि छलफल सुरु हुनेछ ।

राष्ट्रियसभा बैठकमा तीन दिन अर्थात् जेठ ७–९ गतेसम्म छलफल गरेपछि प्रधानमन्त्री दाहालसँग जेठ ९ गते नै त्यसको जवाफ मागिने पनि निर्णय कार्य व्यवस्था समितिले गरेको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाका प्रेस सल्लाहकार दुर्गा उपाध्यायले जानकारी दिनुभयो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1

This site uses cookies.

By continuing to browse this site you are agreeing to our use of cookies.