हिजबुल्लाहविरुद्ध आईडीएफको स्थलगत आक्रमण विस्तार

काठमाडौं । इजरायल रक्षा बल (आईडीएफ)ले हिजबुल्लाहविरुद्ध स्थलगत आक्रमण विस्तार गरेको छ । मंगलबार इजरायली सेनाले लेबनानको दक्षिणी क्षेत्रको पश्चिमी भू-भागमा आफ्नो टोलीले स्थलगत आक्रमण विस्तार गरेको हो । सोमबार इजरायलले टायरस्थित २० भन्दा बढी गाउँ खाली गर्न इजरायले सूचना जारी गरेको थियो । सबै जनालाई घर खाली गरी अवाली खोलाको उत्तरी क्षेत्रतर्फ जान इजरायलले […]

Oct 8, 2024 - 09:05
 0
हिजबुल्लाहविरुद्ध आईडीएफको स्थलगत आक्रमण विस्तार

काठमाडौं । इजरायल रक्षा बल (आईडीएफ)ले हिजबुल्लाहविरुद्ध स्थलगत आक्रमण विस्तार गरेको छ ।

मंगलबार इजरायली सेनाले लेबनानको दक्षिणी क्षेत्रको पश्चिमी भू-भागमा आफ्नो टोलीले स्थलगत आक्रमण विस्तार गरेको हो । सोमबार इजरायलले टायरस्थित २० भन्दा बढी गाउँ खाली गर्न इजरायले सूचना जारी गरेको थियो ।

सबै जनालाई घर खाली गरी अवाली खोलाको उत्तरी क्षेत्रतर्फ जान इजरायलले उर्दी जारी गरेको थियो ।

इजरायलले ३० सेप्टेम्बरमा लेबनानको दक्षिणी क्षेत्रमा आक्रमण सुरु गरेको थियो । इजरायलले लेबनान सिमानाको पूर्वी क्षेत्रमा आक्रमणलाई तीव्रता दिएको छ ।

पहिलो पटक रिजर्भ आईडीएफ डिभिजनलाई लेबनानको दक्षिणी क्षेत्रमा परिचालन गरिएको छ । यससँगै स्थलगत आक्रमणमा कुल ३ डिभिजन परिचालन गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register