सिन्धुलीमा भेटिएको उँट सर्लाहीमा पालिएको, वन कार्यालय भन्छ- चर्दाचर्दै अर्को जिल्ला पुगेछ

काठमाडौं । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा मंगलबार बिहान भेटिएको उँट सर्लाहीमा पालिएको खुलेको छ । विभिन्न ठाउँमा हुने मेला महोत्सवमा देखाउनको लागि सर्लाहीको भरतताल क्षेत्रमा पालिएको उँट सिन्धुलीको सिमानामा पुगेको हो । डिभिजन वन कार्यालय, मरिणका अधिकृत अजयविक्रम मानन्धरले चराउने वा अरू कुनै कारणले सिन्धुली ल्याइएको खुलेको बताए । उँट देखाएर वा चढाएर पैसा लिने व्यापारिक […]

Oct 8, 2024 - 09:45
 0
सिन्धुलीमा भेटिएको उँट सर्लाहीमा पालिएको, वन कार्यालय भन्छ- चर्दाचर्दै अर्को जिल्ला पुगेछ

काठमाडौं । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा मंगलबार बिहान भेटिएको उँट सर्लाहीमा पालिएको खुलेको छ ।

विभिन्न ठाउँमा हुने मेला महोत्सवमा देखाउनको लागि सर्लाहीको भरतताल क्षेत्रमा पालिएको उँट सिन्धुलीको सिमानामा पुगेको हो ।

डिभिजन वन कार्यालय, मरिणका अधिकृत अजयविक्रम मानन्धरले चराउने वा अरू कुनै कारणले सिन्धुली ल्याइएको खुलेको बताए ।

उँट देखाएर वा चढाएर पैसा लिने व्यापारिक प्रयोजनको लागि पालिएको उँट रहेको देखिएको मानन्धरले बताए । चार महिनाअगाडि मात्र त्यो उँट नारायणगढमा मेलामा लगिएको थियो ।

भरततालमा पर्यटकलाई देखाउन उँट राखिएको छ । पर्यटकलाई उँट देखाएर पैसा लिने काम भइरहेको छ । जुन उँट त्यही रहेको खुलेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register