आज यी नदीका बहाव बढ्न सक्छन्

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज केही नदीहरूको बहाव बढ्न सक्ने जनाएको छ। महाशाखाका अनुसार बिहान कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरू साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तहभन्दा तलै र सामान्य अवस्थामा रहेको छ । आज झापा, ओखलढुङ्गा, सिन्धुली, सिन्धुपाल्चोक, लमजुङ, कास्की, बाग्लुङ, रोल्पा, दाङ, […]

Oct 5, 2024 - 04:57
 0
आज यी नदीका बहाव बढ्न सक्छन्

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज केही नदीहरूको बहाव बढ्न सक्ने जनाएको छ।

महाशाखाका अनुसार बिहान कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरू साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तहभन्दा तलै र सामान्य अवस्थामा रहेको छ ।

आज झापा, ओखलढुङ्गा, सिन्धुली, सिन्धुपाल्चोक, लमजुङ, कास्की, बाग्लुङ, रोल्पा, दाङ, बाँके र आसपासका जिल्ला भई बहने केही स-साना नदीहरूको बहाव बढ्ने पूर्वानुमान छ ।

आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरू साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने र सामान्य घटबढ हुने पूर्वानुमान रहेकोले नदी तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता अपनाइराख्न महाशाखाको अनुरोध छ ।

GZF18vQWsAABPPo

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register