बीपी राजमार्गमा निर्वाध चल्न थाले सवारी साधन

काठमाडौं । बाढीपहिरोबाट क्षतिग्रस्त बीपी राजमार्गमा मंगलबारदेखि यसअघिजस्तै सवारी आवागमन खुला गरिएको छ । बाढीपहिरोबाट राजमार्गको झण्डै १२ किलोमिटर सडक क्षतिग्रस्त भएपछि ठाँउ/ठाँउमा अवरुद्ध भएको सडकमा यसअघिजस्तै सवारी आवागमन खुला गरिएको हो । साना सवारी साधनलाई मात्रै अनुमति दिइएको राजमार्गमा साविकमा यातायात सञ्चालनका लागि अनुमति पाएका सबै सवारी साधन सञ्चालन गर्न खुला गरिएको सडक डिभिजन कार्यालय […]

Oct 15, 2024 - 10:54
 0
बीपी राजमार्गमा निर्वाध चल्न थाले सवारी साधन

काठमाडौं । बाढीपहिरोबाट क्षतिग्रस्त बीपी राजमार्गमा मंगलबारदेखि यसअघिजस्तै सवारी आवागमन खुला गरिएको छ ।

बाढीपहिरोबाट राजमार्गको झण्डै १२ किलोमिटर सडक क्षतिग्रस्त भएपछि ठाँउ/ठाँउमा अवरुद्ध भएको सडकमा यसअघिजस्तै सवारी आवागमन खुला गरिएको हो ।

साना सवारी साधनलाई मात्रै अनुमति दिइएको राजमार्गमा साविकमा यातायात सञ्चालनका लागि अनुमति पाएका सबै सवारी साधन सञ्चालन गर्न खुला गरिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।

बाढी पहिरोका कारण बीपी राजमार्गको भकुण्डेबेसी वर्षेखोला खण्डको करिब ८ किलोमिटरभन्दा बढी लम्बाईको सडक पूर्ण रुपमा बगाएकोले हाल नयाँ ट्रयाक निर्माण गरी सवारी साधनको लागि आवागमन खुलाइएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register