मिक्स मार्सल आर्ट्सको विश्व च्याम्पियनसिपमा नेपालका दुई खेलाडी

ईजीकेल परियार र निराजन मुक्तानले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

Oct 8, 2024 - 10:33
 0
मिक्स मार्सल आर्ट्सको विश्व च्याम्पियनसिपमा नेपालका दुई खेलाडी

काठमाडौं । मिक्स मार्सल आर्ट्सको विश्व च्याम्पियन्सिपमा नेपालबाट २ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

ईजीकेल परियार र निराजन मुक्तानले नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछन् । ईजीकेलले किक बक्सिङको ७०–७५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् ।

निराजनले किक बक्सिङको ६० केजीमुनि तथा उमा कुङफुको ट्रेडिसनल फम्समा प्रतिस्पर्धा गर्नेछन् । इन्टरनेसनल कम्ब्याट अर्गनाइजेसन (आईसीओ) जर्मनीको आयोजनामा हुने प्रतियोगितामा सहभागी हुन उनीहरु बुधबार जर्मनी प्रस्थान गर्नेछन् ।

टोलीलाई आदिवासी खेलकुद संघ नेपालका अध्यक्षसमेत रहेका नेपाल उमा कुङफु संघका महासचिव भुपेन्द्र गुरुङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरेका छन् । ३ अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका गुरुङले तीनवटै अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पनि जितेका छन् ।

दुवै खेलाडीबाट पदकको आशा गरिएको गुरुङले बताए । प्रतियोगिता अक्टोबर ११ देखि १३ तारिखसम्म फ्रैंफर्ट शहरमा हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register