आरोहणका लागि थप ५७ वटा हिमाल खुला, यी हुन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौं । सरकारले आरोहणका लागि थप ५७ वटा हिमाल खुला गर्न स्वीकृति दिने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्वा गुरूङले यसबारे जानकारी दिएका हुन् । सरकारले बाढीपहिरोका कारण संकटग्रस्त घोषणा गरिएका जिल्लाहरूमा राहत, पुनर्स्थापनाको काम तीव्र ढंगले भइरहेको जनाएको छ । उनले प्रभावित जनतालाई राहत र पुननिर्माणका लागि […]

Oct 8, 2024 - 10:25
 0
आरोहणका लागि थप ५७ वटा हिमाल खुला, यी हुन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौं । सरकारले आरोहणका लागि थप ५७ वटा हिमाल खुला गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्वा गुरूङले यसबारे जानकारी दिएका हुन् ।

सरकारले बाढीपहिरोका कारण संकटग्रस्त घोषणा गरिएका जिल्लाहरूमा राहत, पुनर्स्थापनाको काम तीव्र ढंगले भइरहेको जनाएको छ ।

उनले प्रभावित जनतालाई राहत र पुननिर्माणका लागि आवश्यक रकम पठाउनका लागि जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गरेर आवश्यक व्यवस्थापन गर्ने जिम्मा गृह मन्त्रालयलाई दिइएको जानकारी दिए ।

अझै केही पालिका विपद् संकटग्रस्त घोषणा हुन सक्ने र त्यस्तो पालिकाको संख्या ६५ सम्म पुग्नसक्ने उनले बताए ।

त्यस्तै मन्त्रिपरिषद्ले नेपाल सरकारका पूर्व अर्थसचिव रामेश्वर खनालको संयोजकत्वमा विज्ञहरूको पाँच सदस्यीय उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको प्रवक्ता गुरूङले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register