दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.३९ अंकले घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १.०१ प्रतिशतले घटेर २६६३.३२ विन्दुमा बन्द भएको छ । आज चार अर्ब ५९ करोड ३७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये म्युचुअल फन्ड समूहको परिसूचक स्थिर छ । बाँकी सबै समूहको परिसूचक घटेको छ […]

Oct 8, 2024 - 10:49
 0
दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.३९ अंकले घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १.०१ प्रतिशतले घटेर २६६३.३२ विन्दुमा बन्द भएको छ ।

आज चार अर्ब ५९ करोड ३७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये म्युचुअल फन्ड समूहको परिसूचक स्थिर छ । बाँकी सबै समूहको परिसूचक घटेको छ ।

फाइनान्स समूहको परिसूचक सर्वाधिक २।७६ प्रतिशतले घटेको नेप्सेले जनाएको छ । ३५ कम्पनीको सेयर मूल्य बढेको छ । २०७ कम्पनीको सेयर मूल्य घटेको छ । डेल्टी पावर कम्पनी र आशा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य स्थिर छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register