नेपाल र भारतका स्वास्थ्यमन्त्री नयाँदिल्लीमा भेटवार्ता, नेपालका केही अस्पताललाई स्तरउन्नती गर्ने भारतको प्रतिबद्धता 

काठमाडौं । भारत भ्रमणमा रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेल र भारतीय समकक्षी जेपी नड्डाबीच भेटवार्ता भएको छ । विश्व स्वास्थ्य संगठनको कार्यक्रममा भाग लिन नयाँ दिल्ली पुगेका स्वास्थ्यमन्त्री पौडेल र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डाबीच भेटवार्ता भएको हो । नड्डा भारतीय जनता पार्टी (भाजपा) का अध्यक्षसमेत हुन् । नयाँ दिल्लीस्थित निर्वाण भवनमा भएको […]

Oct 7, 2024 - 14:13
 0
नेपाल र भारतका स्वास्थ्यमन्त्री नयाँदिल्लीमा भेटवार्ता, नेपालका केही अस्पताललाई स्तरउन्नती गर्ने भारतको प्रतिबद्धता 

काठमाडौं । भारत भ्रमणमा रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेल र भारतीय समकक्षी जेपी नड्डाबीच भेटवार्ता भएको छ । विश्व स्वास्थ्य संगठनको कार्यक्रममा भाग लिन नयाँ दिल्ली पुगेका स्वास्थ्यमन्त्री पौडेल र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डाबीच भेटवार्ता भएको हो ।

नड्डा भारतीय जनता पार्टी (भाजपा) का अध्यक्षसमेत हुन् । नयाँ दिल्लीस्थित निर्वाण भवनमा भएको भेटमा नड्डाले जीपी कोइराला राष्ट्रिय स्वासप्रश्वास केन्द्र, तनहुँलाई ३०० शय्या बनाउने प्रतिबद्धता जनाएका छन् ।

साथै ट्रमा सेन्टरको स्तरोन्नति, डायलाासिस सेवा थप्नका लागि आवश्यक सहयोग गर्न पनि नड्डा सकारात्मक छन् ।

अब केही समयमा यसबारे दिपक्षीय समझदारी गर्ने सहमति भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. विकास देवकोटाले जानकारी दिए ।

मन्त्री पौडेलले भारतीय समकक्षी नड्डालाई नेपाल भ्रमणको निम्तो समेत दिएका छन् । ‘नेपालको स्वास्थ्य पूर्वाधार विकासमा भारतले महत्वपूर्ण योगदान दिएको छ’, भेटपछि मन्त्री पौडेलले भने, ‘भारतीय पक्षबाट प्राप्त सहयोग प्रतिबद्धताले सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत गर्नेछ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register