ओखलढुङ्गा जाँदै गरेको बस दोलखामा दुर्घटना, १५ यात्रु घाइते

काठमाडौं । काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको यात्रु बाहक बस दोलखाको भीमेश्वर–८ बोचमा दुर्घटना हुँदा १५ जना यात्रु घाइते भइएका छन्। काठमाडौंबाट ओखलढुङ्गाको सिद्विचरण नगरपालिकाको गाम्नाङटार जाँदै गरेको यात्रु बस लामोसाँघु–जरी सडक खण्डअन्तर्गत दोलखाको भीमेश्वर–८ बोचमा दुर्घटना भएको हो। प्रदेश ३–०१–००६ ख ०६३६ नम्बरको बस अनियन्त्रित भएर सडकमा दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइतेहरूको उद्धार गरेर […]

Oct 9, 2024 - 07:15
 0
ओखलढुङ्गा जाँदै गरेको बस दोलखामा दुर्घटना, १५ यात्रु घाइते

काठमाडौं ।

काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको यात्रु बाहक बस दोलखाको भीमेश्वर–८ बोचमा दुर्घटना हुँदा १५ जना यात्रु घाइते भइएका छन्।

काठमाडौंबाट ओखलढुङ्गाको सिद्विचरण नगरपालिकाको गाम्नाङटार जाँदै गरेको यात्रु बस लामोसाँघु–जरी सडक खण्डअन्तर्गत दोलखाको भीमेश्वर–८ बोचमा दुर्घटना भएको हो।

प्रदेश ३–०१–००६ ख ०६३६ नम्बरको बस अनियन्त्रित भएर सडकमा दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइतेहरूको उद्धार गरेर चरिकोट ल्याइएको छ। घाइतेको चरिकोटस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register