पुण्य गाैतममाथि रड प्रहार गर्ने दुर्गा प्रसाइका दुई कार्यकर्ता पक्राउ

काठमाडाैं । अभियन्ता पुण्य गाैतममाथि रड प्रहार गर्ने २ जनालाइ प्रहरीले पक्राउ गरेकाे छ ।  गत २१ गते राती जाेरपाटीस्थित निवास गइरहेकाे बेला गाैतममाथि रड प्रहार भएकाे थियाे । जसका कारण उनी गम्भीर घाइते भइ नेपाल मेडिकल कलेजकाे आइसियुमा भर्ना हुनु परेकाे थियाे । अभियन्ता गाैतम खतरामुक्त छन ।   प्रहरीले अनुसन्धान गर्दै जाँदा मेडिकल […]

Oct 10, 2024 - 12:31
 0
पुण्य गाैतममाथि रड प्रहार गर्ने दुर्गा प्रसाइका दुई कार्यकर्ता पक्राउ

काठमाडाैं ।

अभियन्ता पुण्य गाैतममाथि रड प्रहार गर्ने २ जनालाइ प्रहरीले पक्राउ गरेकाे छ । 

गत २१ गते राती जाेरपाटीस्थित निवास गइरहेकाे बेला गाैतममाथि रड प्रहार भएकाे थियाे । जसका कारण उनी गम्भीर घाइते भइ नेपाल मेडिकल कलेजकाे आइसियुमा भर्ना हुनु परेकाे थियाे । अभियन्ता गाैतम खतरामुक्त छन ।  

प्रहरीले अनुसन्धान गर्दै जाँदा मेडिकल ब्यावसायी दुर्गा प्रसाइका कार्यकर्ताहरू काभ्रेपलान्चोक तेमाल घर भई हाल भक्तपुर च्यामासिहं बस्ने बर्ष ३० को टासी लामा भन्ने संजिव तामाङ र रसुवा नवकुण्ड गाउपालिका –०५ घर भई गोकर्णेश्‍वर नपा– ४ बस्ने बर्ष ४१ को मिलन भन्ने दिल बहादुर गङदानले साे रड प्रहार गरेकाे खुल्न आएकाे छ । 

प्रहरीका अनुसार साे घटनाकाे अनुसन्धान गर्ने क्रममा उक्त घटनाको मुख्य योजनाकार नागरिक बचाउ महाअभियान अन्तर्गत नागरिक प्रतिरक्षा बलका संयोजक मिलन लामा भन्ने दिल बहादुर गङदान रहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register